विप्लव कमरेड, अभिबादन ।
तपाईंले मलाई त चिन्नु हुन्न होला। बिगतमा संगै जनयुद्ध लडेको तपाईंको बिगतको कार्यकर्ता हुँँ । बिगतको कार्यकर्ताको हैसियतले मुहारपुस्तक मार्फत सानो सुझाव पत्र लेख्दै छु। तपाई राजनीतिमा पोख्त हुनुहुन्छ । तपाईंलाई मेरो सुझाव सहि नलाग्न सक्छ । इन्द्रलाई स्वर्गको बयान नसंझिदिनु हुन आग्रह गर्दै मेरो बिचारले देखेको कुरा लेखदैछु।
माक्र्सवादमा बलप्रयोगको निति भए पनि अहिले परिस्थिति होइन र छैन । अहिले हतियारको राजनीति जनचाहना छैन । जनचाहना बिपरित हतियारको लडाइ अहिले बिप्लब कमरेड तपाईंले लड्नु हुदैन । यसले अनावश्यक क्षेती ,अशान्ति र हिंसा मात्र जन्माउने छ। जनभबना हिंसा होइन शान्ति, समृद्धि र बिकास छ।
हिंसालाई सरकारले नमान्नु स्वभाबिक छ। शान्ति सुरक्षा कायम गर्नु सरकारको कर्तव्य र जिम्मेवारी पनि हो।यो कुरा बिप्लब कमरेड तपाईंले बुझ्नु भएकै कुरा हो। शान्तिसुरक्षा कायम गर्ने कुरासंगै , बिचारको लडाइलाई सरकारले पनि अन्यथा मान्नु हुदैन । बार्ताद्वारा नै समस्याको समाधान सरकारले खोज्नुपर्छ । बिप्लब कमरेड तपाई बर्तामा बस्नुपर्छ । मेरो सुझाब , तपाईंको आफ्नै नेतृत्वमा बार्ता टोलि बनाउनुस । संबिधान संशोधन गरेर समस्याको समाधान गर्ने गरि बार्तामा बस्नुस। संबिधान संशोधनद्वारा संसदीय प्रणाली खारेजी गरि शासकीय स्वरुपमा रास्ट्रपतिय प्रणाली कायम गर्नुस। राष्ट्रिय राजनीतिको मुलधारमा तपाई आउने गरि बार्तामा बस्नुस । यसो गर्दा संसदीय प्रणाली खारेजी गरेको जस तपाईंको हुनेछ। सरकारले पनि यो कुरा सहर्ष स्विकार्दै बार्ता र संझौता गरेर बिप्लबलाइ स्पेस दिने निति लिनुस।यही नै आजको समाधान हो। किनकि दुबै नेपाल कम्युनिस्ट पार्टी हुन।भाइ र भाइकोआपसी लडाइँले देशीविदेशी बिरोधिलाई मात्र फाइदा हुनेछ । प्रधान दुश्मन नै नेकपा र नेकपाको सरकारलाई मानेर हिंसात्मक बाटो लिएर अघि बडे बिप्लब कमरेड अनावश्यक क्षेती मात्र तपाईलाई हात लाग्ने छ। आजको गणतन्त्र नेपालसम्म आइपुग्न इतिहासमा योगदान तपाईंको पनि छ। योगदानलाई सम्झेर समय र परिस्थितिको सहि मुल्यांकन गर्दै आउनुस मुलधारमा , बिगतको इतिहासको समिक्षा संगै बसेर गरौंला ।क्रान्तिकारी अभिबादन सहित ।उहीँ तपाईंको हिजोको फुच्चे कार्यकर्ता
मोहन खत्री
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) , उदयपुर









