उदयपुर/दशै मानेर उपत्यका फर्किने यात्रुसँग तोकिए भन्दा बढी भाडा असुल गर्ने १५ सवारी साधानलाई कारबाही गरि यात्रुबाट लिएको बढी भाडा बुधवार फिर्ता दिलाएका छन् । गाईघाटबाट बिपि लोकमार्ग हुदै काठमाण्डौ जाने बस, माईक्रो, सुमो, जीपका १३५ जना यात्रुसँग तोकिए भन्दा बढी भाडा लिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले त्रियुगा नगरपालिका– ६ स्थित जलजलेमा चेकिङ्ग गरि यात्रुबाट लिएको बढी भाडा फिर्ता गराएका हुन । दसैंको मौका छोपेर यात्रुसँग तोकिए भन्दा बढी भाडा असुल्ने सवारी साधनलाई कारबाही गरी यात्रुबाट लिइएको बढी भाडा फिर्ता गरेको हो ।
चाडबाडको बेला अनिवार्य यात्रा गर्न बाध्य यात्रुबाट लिएको बढी भाडा जिल्ला ट्राफिकको सक्रियतामा फिर्ता गराइएको हो । दसैं, तिहार र छठको मौका छोपेर यात्रुसँग अनियमित रुपमा बढी भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरीले त्यस्ता सवारी साधनका चालकलाई नियन्त्रणमा लिई बढी रकम फिर्ता गराएको हो । अनावश्यक भाडा लिएको जानकारी आएपछि त्यस्ता सवारी साधनलाई ट्राफिक पोष्ट जलजलेले नियन्त्रणमा लिएर यात्रुलाई फिर्ता गराउँदै सवारी चालकलाई जरिवाना गराएको हो ।
चाडपर्वका बेला यातायात व्यवसायीले चर्को भाडा असुलेको गुनासो आएपछि चनाखो भएको ट्राफिकले चारैतिर निगरानी बढाएको थियो । यसै क्रममा बढी भाडा लिने गाउँले डिलक्सलाई दोश्रो पटक पनि बढी भाडा लिएको भेटिएकाले रु ५ हजार जरिवाना गरिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले बा ५ ख ४०६१ बा ३ ख ५३२४ बा ४ ख २२०८ बा २ ख ९९६१ बा ४ ख ३२४२ गाउँले डिलक्स बस, बा २ ख २८९२ माइक्रो ना १ ज ५१९३ सुमो ना १ ज ७१७९ जीप बा ५ च २२०३ ना ४ च ४१८५ जीप स १ च १६०४ जीप ना १ ज ६२४२ नम्बरको सुमो जीप र बा ४ ख ५९२१ नम्बरको कृतिका डिलक्सका १३५ जना यात्रुसँग बढी भाडा असुल्ने सवारी चालकलाई कारबाही गरि यात्रुबाट बढी लिएको २६ हजार भाडा फिर्ता गराइनुका साथै जरिवाना समेत गरेको ट्राफिक प्रहरी पोष्ट जलजलेका जवान गोविन्द पौडेलले बताए ।
सरकारले तोकेको प्रतिव्यक्ति १ हजार रुपैयाँ भाडा लिनु पर्नेमा उनीहरुले दशैको मौका छोपी १ हजार ३ सय लिएका १५ वटा सवारी साधानबाट रकम फिर्ता गराउँदै जरिवाना तिराइएको हो । एउटा बसलाई दोश्रो पटक भएकाले ५ हजार रुपैया र १४ वटा सवारी साधनलाई २÷२ हजारका दरले जरिवाना गरि यात्रुको बढी भाडा फिर्ता गराएको अर्का ट्राफिक प्र्रहरी हबल्दार भेषबहादुर थापाले जानकारी दिए । पहिलो पटकको लागि २ हजार मात्र जरिवाना गरेर छाडिएको उनले बताए । कारबाहीमा परेका गाडीले पुनः बढी भाडा लिएको पाइएमा कडा कारबाही गर्ने लिखत सहमतिका साथ छोडिएको ट्राफिक जवान थापाले बताए ।
सरकारले गाईघाट र बेल्टारबाट काठमाडौंसम्मको भाडा दर प्रतिव्यक्ति १ हजार रुपैयाँ तोकको छ । तर, सवारी धनिले ३ सयसम्म बढी रकम लिएर मनोमानी ढंगले यात्रु ठग्ने गरेको गुनासो आएपछि ट्राफिकले सवारी साधन माथि निगरानी बढाएको हो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटले पहाडी रुटका सडकमा अटो रिक्सा चलाउन प्रतिबन्ध लगाएको छ । साउने, खाँबु, रौता, मुर्कुची लगायत रुटमा अटो रिक्सा चलाउन रोक लगाइएको जिल्ला ट्राफिक इन्चार्ज अमृतबहादुर कार्कीले जानकारी दिए । कच्ची, घुम्ती र साँघुरो सडक भएकाले पहाडी भेगका रुटमा दुर्घट्ना हुने बढी संभावना हुने हुँदा अटो रिक्सा र टेम्पोहरुलाई सो रुटमा रोक लगाइएको प्रहरीको भनाई छ । गाईघाटदेखि साउने, खाँबु, रौता, मुर्कुची लगायत रुटमा जानबाट अटो रिक्सालाई रोक लगाइएको छ । नियम उलङ्घन गरेर जबरजस्ती पहाडी सडकमा चलाए त्यस्ता अटो रिक्सा चालकलाई अधिकतम जरिवाना र कारबाही गर्ने ट्राफिक प्रहरीको भनाई रहेको छ ।
चाड पर्वको मौका छोपी साना तथा ठुला सवारी साधनले यात्रुहरुलाई सास्ती दिने र बढी रकम असुल्ने गरेको गुनासो आउने गरेकाले कडा गरिएको हो, ट्राफिक ईन्चार्ज कार्कीको भनार्ई रहेको छ ।









