उदयपुर, परम्परागत रुपमा प्रयोग हुँदै आएको प्रविधि विस्तारै लोप हुन थालेको छ । दैनिक जीवनमा प्रयोग हुने प्रविधि आधुनिकतासँगै परम्परागत औँजारको हराउँदै गएको छ ।
प्रत्येक ग्रामीण बस्तीमा धान कुटने, पिठो पिधन अत्याधुनिक बिद्युतीय मिलहरु संचालनमा आए पछि ढिकी जातोको प्रयोग हराउदै गएको छ । अधिकांशले ढिकी र जाँतो बिर्सदै जान थालेका छन् ।
त्रियुगा नगरपालिका–३ मोतिगडाका सियावती चौधरीलाई ढिकी र जाँतो भन्दा नजिकैको सेलर मिल सजिलो भएको बताउछिन् । घरको ढिकी र जाँतो भन्दा गाउकै आधुनिक मिलमा पुगेर धान कुटेर चामल र चिउरा ल्याउन थालेपछि परम्परागत औजारको लोप भएको हो । समय परिवर्तनसंगै आदिबासी थारु समुदायले परम्परा देखि प्रयोग गर्दै आएका ढिकी र जाँतो चलाउन छोडेका छन् ।
मकै, कोदो, फापर आदि पिस्ने जाँतो, धान कुट्ने ढिँकी, उखु पेल्ने कोल, तोरी पेल्ने र अमिलो पेल्न कोलसमेत आधुनिक प्रविधिको विकाससँगै लोप हुँदै गएको छ । कुटानी पिसानीका लागि प्रयोग हुने ढिकी र जाँतोको प्रयोग हुन छाडेपछि ढिकी र जाँतो लोप हुने अबस्थामा पुगेको छ ।
१५ बर्ष अघि सम्म सबै थारुले ढिकी र जाँतोको बढी प्रयोग गर्दथे तर अब प्रयोग र बनाउने क्रम घटदै गएको स्थानीय बयोवृद्ध नन्दीलाल चौधरी बताउँछन् । ‘बनबाट काठ ल्याई ढिकी बनाउने थारु समुदायका नयाँ पिढीले उक्त समान प्रति उदासिन बनेपछि ढिकी र जाँतो हराउँदै गएको छ ।
‘पहिले जुन घरमा ढिकी र जाँतो हुदैन थियो, त्यो घरमा कसैले विवाह गर्दैन्थ्यो तर अब समय परिर्बनसंगै पुरानो कला संस्कृती लोप हुँदा समेत कसैलाई कुनै चिन्ता छैन’ बयोवृद्ध चौधरीले भने । ‘ढिकीको बदला विद्युतिय मिलको साथै मसला पिध्न हाते खल र ग्लेण्डरको प्रयोगले ढिकी जाँतो हराएको छ ।’
बिहान झिसमिसेमा कुखुरा बासे पछि उज्यालो नहुन्जेल सम्म ढिकीमा धान र च्यूरा कुटने थारु समुदायको परमपरा नै थियो । त्यस्तै घरका देवता पुजा र बिहेबारीमा समेत ढिकी र जाँतोबाट कुटेका चामल र पिठो जस्ता खाद्य पदार्थको प्रयोग गरिन्थ्यो ।
स्थानीय शंकरलाल चौधरीका अनुसार पहिला निकै मेहेनत गरी कुटानी पिसानी गर्नुपर्ने बाध्यता रहेकोमा अहिले गाम्रीण क्षेत्रमा कुटानी पिसानी गर्ने मिल सञ्चालन भएपछि सजिलो भएको छ । स्थानीय जंगलमा पाईने काठबाट बनाई परम्परा गत ढिकी, जाँतोमा महिलाले गर्नु पर्छ भन्ने संस्कार पनि परिवर्तन हुँदै गएको छ । कम समय लाग्ने भएकाले स्थानीय समुह, संघ सँस्थाको सहयोगमा मिल संचालनमा सर्वसाधरण आप्mै जुट्ने गरेका छन् ।

तपाईको प्रतिक्रिया