उदयपुर – उदयपुर निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्यमा डा. नारायण खड्का चौथो पटक निर्वाचित भएको छ ।  सत्ता गठबन्धनको तर्फबाट नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा परराष्ट्र मन्त्री डा. नारायण खड्काले दुई हजार ३७९ मतको फराकिलो मतान्तरले नेकपा एमालेका उम्मेदर मन्जु कुमारी चौधरीलाई पछि पार्दै विजयी भएको हो ।  परराष्ट्रमन्त्रीले ३१ हजार २६८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी चौधरीले २८ हजार ८९१ मत प्राप्त गरेकी छन् ।

प्रदेश सभाको एक सय मत प्रतिनिधि सभाको मतपेटिकामा भेटिएपछि मतगणना रोकिएको थियो । तीन दिनपछि प्रदेश सभा सदस्यको एक सय मत बदर गर्दै पुनः मतगणना शुरु गरेको थियो ।

डा. खड्का यसै क्षेत्रबाट २०६४ र २०७० सालमा संविधान सभा सदस्यमा विजयी भएको थियोे । यस्तै २०७४ सालको प्रतिनिधि सभा सदस्यमा बाम गठबन्धनका उम्मेदबार मन्जु कुमारी चौधरीलाई ५४८ मतले पछि पार्दै निर्वाचित भएका थिए । खड्काले ३३ हजार १४२ मत प्राप्त गरेका थिए । उनकी प्रतिद्वन्द्वी चौधरीले ३२ हजार ५९४ मत प्राप्त गरेकी थिईन् ।

 

तपाईको प्रतिक्रिया