उदयपुर – मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा मत गणना गर्दा २०४ मत कम भेटिएपछि मत गणना स्थगित भएको छ । प्रत्यक्ष तर्फको प्रतिनिधि सभा निर्वाचनको करिव अन्तिम अन्तिम चरणमा रहेको अवस्थामा मत गणना स्थगित भएको हो ।
प्रतिनिधि सभाको प्रत्यक्ष तर्फ मत गणनाको ६७ हजार ८२ मतको परिणाम सार्वजनिक भईसकेको अवस्था छ । जसमा २७ हजार ४८४ मत सहित नेपाली काँग्रेसका उम्मेदबार डा. नारायण खड्का अगाडी रहेको छ भने २५ हजार ६५९ मत सहित नेकपा एमालेका उम्मेदबार मन्जु कुमारी चौधरी पछ्याई रहेको छ ।
प्रत्यक्ष तर्फको प्रतिनिधि सभामा मत गणनामा २०४ मत घटी भएको नेकपा एमालेका प्रतिनिधि धर्म ताताङले जानकारी दिए । उनका अनुसार मत गणनामा गर्दा ५ हजार ५४१ को मुचुल्का रहेको छ ।
यस्तै एक सय मत प्रत्यक्ष तर्फको प्रदेश सभा सदस्यको उम्मेदबारको रहेको छ ।
प्रतिनिधि सभा तथा प्रदेश सभाको मुख्य निर्वाचन अधिकृतको कार्यालयको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार विहान १०ः३० बजे सर्वदलिय बैठक पछि पुनः मतणना शुरु गर्ने बताए । मत गणनामा बढी मत देखिएको समस्या सामाधान भईसकेको उनले बताए ।
सच्याइएको : समाचारमा २०४ मत घटी देखिएको हुनु पर्नेमा अन्यथा भएकोले सच्याइएको छ । सम्पादक









