उदयपुर – नेकपा एमाले रौतामाई गाउँपार्टी कमिटीमा उपाध्यक्ष र अखिल नेपाल महिला संघ उदयपुरका सचिवालय सदस्यले एमाले परित्याग गरि नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादीमा प्रबेश गरेको छ ।
नेकपा एमाले दक्षिण पन्थी भासमा भासिएको चरम गुटबन्दीमा लागेको पार्टी भित्र विभेद गर्ने गरेको र योगदानको कुनै मुल्याङ्गकन नगर्ने गरेकाले एमाले परित्याग गरिएको रौतामाई गाउँ पार्टीका उपाध्यक्ष खिलराज राई र अखिल नेपाल महिला संघ जिल्ला कमिटी सचिवालय सदस्य तथा पुर्व जिल्ला कमिटी सदस्य २०५४ सालको निर्बाचित जनप्रतिनिधि बिष्णुकुमारी मल्ल ठकुरीले बताईन ।
२०७९ को स्थानीय तहको निर्वाचनमा राईलाई एमालेबाट वडाध्यक्षको टिकट नदिँदा उनी स्वतन्त्र वडाध्यक्षको उम्मेदबार बनेका थिए । उनले १२८ मत ल्याएर पराजित भएका थिए । 
राई र मल्ल दुवैलाई नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजवादी उदयपुरको पार्टी कार्यालयमा पोलिटब्युरो सदस्य तथा जिल्ला अध्यक्ष राममणि पोखरेलले अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए । पोखरेलले एमाले दक्षिण पन्थी भासमा गएको र नेपाली जनताले एमालेलाई दुई तिहाई मत दिदा समेत त्यसको रक्षा गर्नुको सट्टा नेपाली जनताको रगत पसिनाले बनेको संबिधान च्यात्ने काम भएकोले संबिधान र लोकतन्त्रको रक्षाका निम्ति बिद्रोह गर्नु परेको बताए ।
स्वागत कार्यक्रममा नेकपा एकिकृत समाजवादीका कार्यालय सचिब श्याम ढुंगाना, नेता केदार राई लगायत नेताहरुको कार्यालयमा उपस्थित रहेको थियो ।









