उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को चुनावी अभियानमा त्रियुगा नगरपालिका १५ खाँबुमा दुई दर्जन बढी नेकपा एमाले र नेपाली काँग्रेसको कार्यकर्ता नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका प्रभावशाली नेता तथा २०७४ सालमा स्थानीय तहको उम्मेदबार बनेका थोप बहादुर मगर लगायत देवी बहादुर बस्नेत, हिरा लाल मगर, कृष्ण बहादुर मगर, निर माया राई, डिकेन्द्र राज मगर, प्रमिला मगर (राई) एमाले परित्याग गरेका छन् ।
यस्तै नेपाली काँग्रेसका सक्रिय सदस्य चिन सिंग बहादुर मगर, नर बहादुर मगर, दोमन सिंग राई, सूर्य बहादुर मगर, दल बहादुर पुर्कुटी राई, नर बहादुर नेपाली, भैर बहादुर राई, मेक बहादुर मगर, शेर बहादुर राई, विर बहादुर मगर, खड्गवीर राई, कुल बहादुर मगर, दुर्गा बहादुर मगर, सुमन मगर, देवेन्द्र बहादुर नेपाली, पारस मगर, दिपक मगर, किन्द्र मगर, नर बहादुर नेपालीले पार्टी परित्याग गरि गठबन्धनमा प्रवेश गरेका छन् ।
यस्तै संघिय समाजवादीबाट मोहन सिंह मगर पनि पार्टी परित्याग गरेका छन् । उनीहरुलाई स्थानीय तहको चुनावी कार्यक्रममा नेकपा एसका पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष तथा त्रियुगा नगरपालिका मेयरका उम्मेदबार बलदेव चौधरी, नेकपा माओवादी केन्द्रका जिल्ला सचिव किरण राई लगायतले अविर, खादा लगाएर स्वागत गरेका थिए ।
















