उदयपुर । समाजिक सेवा गर्नेलाई मेयर, उपमेयर र वडाध्यक्ष कै पद चाहिँदैन् । सामाजिक सेवा गर्नेलाई मन भए पुग्छ । यिनै सामाजिक सेवामा दिलोज्यानले सहयोगी मनका धनी मध्येका हुन् नरेन्द्र कुमार राउत (कमल) । उनले आफुले कमाएको आम्दानीको केहि प्रतिशत सामाजिक क्षेत्रमा खर्च गर्ने गरेको छ । पारिवारि आय स्रोतले खान लगाउन पुग्ने र व्यवसायमा भएको नाफाबाट केही रकम सामाजिक सेवामा खर्च गर्ने गरेको छ । उनले अव चौदण्डीगढी नगरबासीका लागि राजनीतिक मै रहेर सेवा गर्नको लागि मेयर पदका उम्मेदबार बनेका छन् ।तत्कालिन नेकपा एमालेका जिल्ला सदस्य हाल नेकपा एकीकृत समाजवादीका प्रदेश सदस्य समेत रहेका राउतले पत्रकारसंगको भेटघाटमा बोल्दै आफु मेयर बनेमा चौदण्डीगढीको मास्टर प्लान गुरु योजना बनाएर योजनबद्ध विकास गर्ने बताएका छन । उनले चौदण्डीगढीको विकासको लागि अहिले निश्चित भिजन भएका व्यक्तिहरुको अभाव भएको भन्दै उनले चौदण्डीगढी नगरपालिकालाई उदयपुरकै नमूना नगरपालिका बनाउने र स्वच्छ, सफा ग्रीन सिटीको रुपमा विकास गर्ने योजना आफुसंग रहेको बताएका थिए । उनले विकासको लागि वेथिति, अनियमिता र भ्रष्टचार निर्मूल गर्नु पर्नेमा जोड दिए । कसैले विकासको बजेटलाई आफ्नो व्यक्तिगत स्वार्थको लागि छुट्याउँछ भने त्यहाँ वेथिति, अनियमितता र भ्रष्टचार भएको सम्झनु पर्ने र विकासको नाममा भ्रष्टचार भएको सोझै अनुमान लगाउन सकिने उनको तर्क छ ।
उनले विकासको स्पष्ट भिजन भएको व्यक्तिलाई स्थानिय जनताहरुले भोट दिनुपर्ने तर्क राखे । उनले सेन वंश राजाले राज गरेको दरबार चौदण्डीगढी किल्लालाई पर्यटकिय किल्लाको रुपमा विकास गरी पर्यटकिय नगरको रुपमा विकास गरिने जानकारी दिए । यस्तै बसाहा, सिवाई, सुन्दरपुर, हडिया जस्ता उर्बरभूमिलाई कृषिको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना रहेको बताए ।

बेल्टार बजारको शहरी विकासको लागि निश्चित योजना अगाडी बढाउनु पर्ने खाँचो रहेको भन्दै उनले त्यसको निश्चित मोडल आफुसंग रहेकोले चौदण्डीगढी नगरपालिकाको लागि मेरो उम्मेदबारी परेको उनले बताए ।

नरेन्द्रबहादुर राउत (कमल) ले विगतका दिनहरुमा यस जिल्लामा मात्र नभएर अरु जिल्लाको लागि उदाहरणिय कामहरु गरेर सामाजिक रुपमा उच्च छवि भएका व्यक्तिमा पर्छन् । उनले विभिन्न विद्यालयहरुको लागि पक्की भवनको निर्माण गरेको बताए ।

मैले सामाजिक भावले विगतका दिनहरुमा मेरो आफ्नो ब्यवसायबाट कमाएको केही रकम र थ्रीभी ग्रुप मलेसियाको अनुदानमा विभिन्न स्थानमा पक्की विद्यालय भवन बनाएको बताए । उनले भने–‘ ताप्ली गाउँपालिकाको मादलेमा ४ कोठे विद्यालय भवन, चौदण्डीगढी नपा ८ स्थित शारदा मावि चौदण्डीगढीलाई दुई कोठे विद्यालय भवन, जन ज्योति प्रावि. ज्यामिरेझोरलाई चार कोठे विद्यालय भवन निर्माण गरिदिएका छन् । त्रियुगा नगरपालिका १ स्थित जनप्रेमी मावि जोगिदहलाई तीन कोठे भवन, रौतामाई गाउँपालिका २ भुट्टारको मालबासे सरस्वति माविलाई चार कोठे विद्यालय भवन, रौतामाई गाउँपालिका ५ स्थित जनजागृति आधारभूत विद्यालय आँपटार करकुसेलाई चार कोठे विद्यालय भवन, बेलका नगरपालिका ४ लालबजार स्थित राकस्नी आधारभूत विद्यालयलाई चार कोठे विद्यालय भवन भवन निर्माण गर्न सहयोग गरेको छु ।’
मेयरका उम्मेदवार राउतले बेलका नगरपालिका ७ मैनामैनीको मुलगाउँका महिलाहरुको प्रसूति गराउन सुनसरीको धरान र रामपुर बजार जानु पर्ने बाध्यतालाई मध्य नजर गर्दै सोही ठाउँमा बर्थिङ सेन्टरको लागि तीन कोठे भवन निर्माण गरेर सहयोग गरेका थिए ।
बेलका नगरपालिका ३ धौरी टप्पु स्थित सातपत्रेको दुर्गा मन्दिर आधारभूत विद्यालयको जस्ता हाबाहुरीले उडाएपछि विद्यालयलाई २० बण्डल जस्ता पाता सहयोग गरेको उनले बताए । हावाहुरीले विद्यालयको छानो उडायो भन्दै म मलेसियामा व्यवसायिक कामको सिलसिलामा रातको समयमा साथीहरुले फोन गरेर जानकारी दिँदा तुरुन्तै जस्ता पाता खरिदको लागि पैसा दिएको उनले बताए । ‘जस्ता पाता माग्ने साथीहरुलाई आज कुन विद्यालयलाई जस्ता पाता बाँडेको बारे जानकारी माग्दा फरक पार्टी भएकोले होला आज त्यस विद्यालयको नाम थाह भएन भनेर जवाफ फर्काउँदा दुख लागेको छ ।’ उनले भने, ‘विडम्बना जो जस्ता पाता बाँड्दा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी थिए, आज उनैलाई त्यस विद्यालयको नाम थाह छैन् ।’
जिल्ला बाहिर सिन्धुलीको दुधौली नगरपालिकाको मुसहर बस्तीका बालबालिकाहरुलाई पढ्न सहजताको लागि ५ कोठे विद्यालय भवन बनाई दिएको उनले बताए ।

यस्तै राउतले जनप्रेमी मावि जोगिदहको विद्यालयलाई पाँच थान कम्प्युटरको साथै एक वर्ष सम्मका लागि कम्प्युटर शिक्षक समेत उपलब्ध गराएका थिए ।
यस्तै बेलका नगरपालिका ८ मैनामैनीको चम्पापुर मावि कोठुमा पाँच थान कम्प्युटर, शारदा आर्दश निमावि सिद्धिपुर चौदण्डीगढीको विद्यालयलाई तीन थान कम्प्युटर तथा पुस्तकहरु वितरण गरेका थिए ।

विगतका दिनहरुमा मेयरका उम्मेदवार राउतले चौदण्डीगढी नपाको हडियामा दुर्गा मन्दिर निर्माणको लागि ३५ हजार आर्थिक सहयोग गर्नुको साथै हडियाको अधेरीमा बाल विकास केन्द्र संचालन गर्नका लागि १० हजार सहयोग गरेका थिए । हडियाको रामजानकी मन्दिरको लागि एक थान साउण्ड सर्भिस समेत सहयोग गरेको उनले बताए ।

यस्तै उदयपुरको साथै काठमाण्डौको विभिन्न संघ संस्थाको साथै सालिनी नदिको गेट बनाउनको लागि आर्थिक सहयोग गरेका थिए । विभिन्न विद्यालयमा पुस्तक समेत सहयोग गरेको उनले बताए ।

मेयरका उम्मेद्बार राउतलाई साथ दिन नेकपा माओवादी केन्द्रबाट उपमेयरका उम्मेदबार हिरा थापा (तिम्सिना) र जनता समाजवादी पार्टीले सहयोग गरेका छन् ।

तपाईको प्रतिक्रिया