उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम समेत रहेको त्रियुगा नगरपालिकामा नेपाली काँग्रेसको तर्फबाट मेयरका उमेद्वार रहेका बसन्त बस्नेत विरुद्ध मेयरका प्रत्यासी भागवत राउतको उजुरीमा कुनै कारबाही नहुने भएको छ ।

सोमबार एमालेका उम्मेद्बार भागवत राउतले मुख्य निर्वाचन अधिकृतको कार्यालय गाईघाटमा दिएको उजुरी मंगलबार माथि छानबिन गर्दा प्रचलित निर्वाचन सम्बन्धी कानून बमोजिम उम्मेदवार हुन अयोग्य रहेको बिषय नहुँदा निवेदन उपर केही गरी रहन परेन भन्दै सूचना एक सूचना मार्फत जानकारी गराएको छ ।
निर्माण व्यवासायी समेत रहेका त्रियुगा नगरपालिकाका मेयरका उम्मेद्वार बस्नेतले एपेक्स इन्द्रेणी जे.भी को नामबाट कारोवार गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) बक्यौता नतिरेको भन्दै उम्मेदबारी खारेजीको उजुरी राउतले दर्ता गराएका थिए ।
उजुरी खारेजी भएसँग मेयरका प्रत्यासी बस्नेतले स्वच्छ प्रतिष्पर्धामा उत्रिन राउतलाई चुनौति दिएका छन् । उनले भने, ‘जालझेल मलाई आउँदैन्, हार स्वीकार गर्न नसकेपछि जालझेल गर्नुको पनि सिमामा रहेर गर्नु ।’
थप समाचार









