उदयपुर । स्थानीय तह निर्वाचन २०७९ को चुनावी अभियानमा त्रियुगा नगरपालिका ५ खारखोलीका नेपाली काँग्रेस र नेकपा एमाले पार्टी परित्याग गरी सिंगो गाउँ नै नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको संयुक्त गठबन्धनमा प्रवेश गरेका छन् ।
चुरे पारीको गाउँको रुपमा विकास नेपाली काँग्रेसले साथ नदिएको भन्दै नेपाली काँग्रेस र नेकपा एमाले परित्याग गरि १०५ जना सिंगो गाउँ नै संयुक्त गठबन्धनमा प्रवेश गरेको हो ।
पार्टी प्रवेश गर्नेहरुमा गणेश कार्की, नैना सदा, गोसाइ सदा, मान बहादुर खपाङ्गी, जीत नारायण श्रेष्ठ, रमेश बुर्जा मगर, देव कुमार सदा, तेज बहादुर केप्छाकी मगर, कान्दा तामाङ्ग, गोेविन सदा, सैनिया सदा, भिम बहादुर मगर रहेका छन् ।
रुपमाया श्रेष्ठ, मंगला सदा, बलीमाया मगर, तुलिमाया मगर, नर बहादुर राई, लिल बहादुर रसाइली, दान बहादुर पोखरेल, वविता बलम्पाकी, गणेश चौधरी, देव बुर्जा मगर, रेवती बुर्जा मगर, जीवन पोखरेल, कृष्ण बहादुर मगर, भिरा राना मगर, सानु श्रेष्ठ, विना श्रेष्ठ, कृष्ण बहादुर मगर, हेम बहादुर मगर लगायत रहेका छन् । उनीहरु नेपाली काँग्रेस र नेकपा एमालेको कार्यकर्ता रहेको नेकपा एसका नगर कमिटी अध्यक्ष जनार्दन रेग्मीले जनाएको छ । उनका अनुसार चुनावी अभियानमा नेकपा एसमा प्रवेश गर्नेको संख्या दिनदिनै बढ्दै गएको बताए ।
यस्तै त्रियुगा नगरपालिका ५ का पूर्व वडाध्यक्ष तथा नेपाली काँग्रेसका पूर्व नगर सभापति ताराकान्त चौधरी सहित दुई दर्जन कार्याकर्ता नेकपा एसमा प्रवेश गरेको नगर अध्यक्ष रेग्मीले जानकारी दिए । काँग्रेस पार्टी परित्याग गर्नेहरुमा राम विलास चौधरी, भूवनेश्वर चौधरी, सुनिल चौधरी, रण कुमार चौधरी, गोविन्द चौधरी, गणेश चौधरी, अजय चौधरी, शिवे चौधरी, शैलेस आचार्य लगायत रहेको नेकपा एसका नगर अध्यक्ष जनार्दन रेग्मीले जानकारी दिए ।
यस्तै देवु सदा, शिनु सदा, इश्वर कुमारी, मदन सदा, शिव संकर सदा, हरानी सदा पनि रहेका छन् । उनीहरु नेका पार्टी परित्याग गरि नेकपा एस प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई नेकपा एसका पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयरका उम्मेदबार बलदेव चौधरी, नगर अध्यक्ष जनार्दन रेग्मी लगायतले खादा, अविर लगाएर पार्टी प्रवेश गराएका हुन् ।









