उदयपुर । व्यापक जनलहरसहित त्रियुगा नगरपालिकामा नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रको गठबन्धनको चुनावी प्रचारलाई ‘आक्रामक’ बनाएको छ । स्थानीय तहको निर्वाचन नजिकिँएसँगै त्रियुगाका सबै वडामा गठबन्धनका उम्मेदवारहरु ‘आक्रामक’ प्रचारसहित घरदैलो अभिायनमा निस्किएका छन् ।
नेकपा एसले निवर्तमान मेयर बलदेव चौधरी र नेकपा माओवादी केन्द्रले गीता खड्का कार्कीलाई उपमेयरको उम्मेदवार बनाएको छ । त्रियुगा नगरपालिकाको समग्र विकासका योजनाकार र विकासप्रेमी नेता भएकै कारण चौधरीलाई पुनः उम्मेदवार बनाएको छ भने लामो समयदेखि महिला आन्दोलनमा सक्रिय तथा २०७४ सालको स्थानीय तहको चुनावमा उमपेयरका उम्मेदबार पुनः अहिले पनि उपमेयरमा उम्मदेबार दिएकी गीता खड्का कार्की परिचित नाम हुन् ।विकासप्रेमी नेता भएकै कारण त्रियुगा नगरपालिकामा नेकपा एसको उम्मेदवारको विकल्प नभएको स्थानीय मतदाताहरु बताउँछन् । त्रियुगामा नेकपा एसका मेयरका उम्मेदबार चौधरीले गत चार वर्ष सात महिनामा नगरपालिकामा गरेका समग्र कामहरुको समिक्षासहित प्रचार अभियानलाई तीव्र र आक्रामक बनाउँदै घरदैलो अभियान चलाइरहेका छन् । घरदैलो कार्यक्रममा मेयरका उम्मेदवार बलदेव चौधरीले केही योजनाहरु अधुरै रहेकाले ती योजनाहरुलाई सम्पन्न गरेर त्रियुगालाई नमुना नगरपालिका बनाउन पुनः उम्मेदवारी दिएको बताउनु भयो ।उहाँले समृद्ध नगरपालिका बनाउनकै लागि नेकपा एससँग धेरै योजना रहेकोले नेकपा एसलाई कलम चिन्हमा मतदान गरि त्रियुगाका जनताले चाहेजस्तो समृद्धिको सपना पुरा हुने बताउनु भयो । त्रियुगामा नेकपा एस र माओवादीका उम्मेदवारहरू आफ्ना पार्टीका एजेण्डासँगै गाउँ ठाउँ अनुसारका समस्याहरूको समाधानका लागि विश्वास दिलाउँदै प्रचारप्रसार गरिरहेका छन् । गठबन्धनले प्रचार प्रसारलाई तिव्रता दिइएको छ ।
राजनीतिक दलहरु यति बेला कसैले मतदातालाई आफु तिर तान्नका लागि घर दैलो अभियान शुरु गरेको छ । निर्वाचन यहि आउँदो बैशाख ३० गते हुने भएपछि दलहरु चुनावी कार्यक्रम लिएर गाउँ पस्न थालेका छन् । प्रमुख दलले निर्वाचन सम्पर्क कार्यालय स्थापना गरी निर्वाचन परिचालनलाई अघि बढाएका हुन् ।
सुरुका चरणमा गठबन्धनले सबै वडाहरुमा टोल कमिटी गठन गरिसकेका छन । नगर भेलाको पनि आयोजना गर्ने तयारीमा गठबन्धनका दलहरुले । नेकपा एस र माओावदीका सबै संयन्त्र निर्वाचनमा खटिएका छन् । भ्रातृ तथा शुभेच्छुक संघ–संगठनलाई नेकपा एस र माओवादीले निर्वाचन अभियानमा परिचालन गर्ने कामलाई अगाडी बढाएको छ । गठबन्धनका उम्मेदबारहरुले मतदाताको घरदैलो मै पुगेर मत माग्ने, उम्मेदवार र दलको प्रचार गर्ने, प्रतिबद्धता जनाउने, पार्टीका नीति, कार्यक्रम र योजना बारे बताउने गरेका छन् ।
गठबन्धनबाट मेयरका उम्मेदबार बलदेव चौधरी र उपमेयरका उम्मेदवार गीता खड्का कार्की सहितको टोलीले विहिबारबाट त्रियुगा नगरपालिका–१ र २, शुक्रबार त्रियुगा नगरपालिका ३ र ४, शनिबार त्रियुगा नगरपालिका ५ र ६, आइतबार त्रियुगा नगरपालिका ७ र ८ को घर दैलो कार्यक्रममा व्यस्त भएका थिए । आगमाी कार्यक्रम पनि प्रत्येक दिन २ वटा वडामा घर दैलो तथा वडा सभाको कार्यक्रम रहेको गठबन्धनका प्रचार कमिटिले जनाएको छ । सोमबारको कार्यक्रम वडा नं. ९ र १० को वडामा घर दैलो तथा प्रचार प्रचारको कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया