उदयपुर । बैशाख ३० गते हुने स्थानीय निकायको निर्वाचन नजिकिंदै गर्दा उदयपुरको चौदण्डीगढी नगरपालिकाको मेयरमा तीन दलिय गठबन्धनका उम्मेदवार नरेन्द्र राउत (कमल) को चर्चा चुलिंदै गएको छ । तत्कालिन नेकपा एमालेमा चौदण्डीगढी नगरपालिकामा विद्रोहका बाबजुत झिनो मतले पराजित हाल नेकपा एकीकृत समाजवादीबाट मेयरको उम्मेदबार नरेन्द्र कुमार राउत (कमल) को पक्षमा माहोल बन्दै गएको छ ।
नगर क्षेत्रमा राम्रो पकड भएका उम्मेदवारका रुपमा हेरिएको राउत अहिले चुनावी घरदैलो कार्यक्रमा व्यस्त रहेका छन् ।
उनलाई साथ दिन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी लागि परेको छ । नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी विचको गठबन्धनका उम्मेदबार राउतको पक्षमा माहोल बन्दै गएको छ ।
राउतले २०७४ सालको स्थानीय तहको निर्वाचनमा ६ हजार ३ सय ३० मत ल्याएर दोस्रो भएका थिए भने नेकपा माओवादी केन्द्रले गत स्थानीय तहको निवार्चनमा ४ हजार ४ सय २५ मत ल्याएका थिए । २०७४ सालको माओवादी केन्द्रले ल्याएको मत यथावत रहेमा नरेन्द्र राउतले बाजी मार्ने मतदाताहरुको आंकलन रहेको छ ।
नगरमा पहिला देखि शिक्षाका लागि विद्यालय भवन, प्रसुति गृह, विद्यालयलाई कम्प्युटर हस्तान्तरण, विद्यालय छाना दिने लगायत सामाजिक काममा सकृय रहदै आएका राउत अहिले पुनःमेयरको उम्मेदवार बनेपछि झन चर्चामा छन । पार्टीले मूल्याङ्कन गरेर राउतलाई मेयरको टिकट दिइएको हो । राउतका अनुसार नगरको सबै क्षेत्रमा विकासको पहुँच पु¥याउन मेयरमा उम्मेदवारी दिएको बताए । राउतले भने– ‘नगरको आर्थिक, सामाजिक तथा प्रशासनिक सुधारका लागि उम्मेदवारी दिएको हुँ ।’
त्यसैगरी ऐतिहासिक चौदण्डीगढीको प्रवद्धृन गरी नगरपालिकालाई विश्व सामु पुराउन पर्यटनको पनि विकासमा जोड दिएको उनको भनाई रहेको छ ।

जिल्लामा रहेका अन्य ३ नगरपालिका मध्ये चौदण्डीगढीलाई नमुना नगर बनाउन विज्ञहरुको समेत सुझाव र सहयोगमा काम गरेर देखाउनका लागि पनि पुनः मेयरको उम्मेदवारी दिएको राउत बताउँछन् ।
त्यसैगरी नगरमा रहेका विभिन्न जातजाति भाषाभाषिहरुको संरक्षण साँस्कृतिक विकासलाई समेत पहिलो प्राथमितकमा राखेर नगरलाई समृद्ध र समुन्नत बनाउने आफ्नो योजना रहेको बताए ।

नगरमा राउतको प्रतिष्पर्धि दल नेपाली काँग्रेसबाट निवर्तमान मेयर खगेन्द्र राई र नेकपा एमालेले कालुमान लामालाई चुनावी मैदानमा रहेको छ ।
त्यसै गरी नेकाबाट विद्रोही बनेर प्रशान्त राई, नेकपा माओवादीको विद्रोहीमा निवर्तमान वडाध्यक्ष कमलध्वज राई लगायत अन्य साना दलहरुले पनि नगरमा चुनामा प्रतिष्पर्धामा रहेका छन् ।

नगरको मतदाताहरुको विश्लेषणमा राउतको विजय हासिल गर्ने सम्भावना बढी रहेको छ । पछिल्लो चरण ठूला दलबाट टिकट नपाएकाहरु नेकपा एसमा प्रवेश गर्नेहरु देखिएकोले नरेन्द्र राउतको पक्षमा माहोल देखिन्छ । उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदबार हिरा थापा (तिम्सिना) रहेकी छिन् । उनी पनि अव्वल महिला हुन् ।

उदयपुरको ८ स्थानिय तहमा ४ गाउँपालिका र ४ नगरपालिका रहेको उदयपुरको मध्यक्षेत्रमा रहेको र ऐतिहासिक चौदण्डीगढीको नामबाट नाम राखिएको चौदण्डीगढी नगरपालिकामा ३८ हजार ५०४ मत रहेको छ । गाउँ टोल र नगर भरि नै अहिले स्थानिय तहको निर्वाचनमा कसलाई जिताउने भन्ने विषयमा छलफल भैरहेको छ ।

 

तपाईको प्रतिक्रिया