उदयपुर, उदयपुरमा जंगली हात्तीको क्रास कायमै रहेको छ । आइतबार विहान करिव ३ बजेको समयमा चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुरमा फेरी दुई जनाको घर जंगली हात्तीले भत्काई दिईएको छ ।
तीन वटा जंगली हात्तीको समूहले स्थानीय दशन चौधरी तीन वटा घर र अन्जना बस्नेतको घर भत्काई दिईएको छ । यस्तै हात्तीले अन्नपात खाई दिइएको प्रहरीले जनाएको छ ।
जंगली हात्तीको आक्रमणटबाट अहिलेसम्म दुई जनाको ज्यान गैसकेको छ । गत मंसिर २६ गते बेलका नगरपालिका ३ का ५० वर्षिय बुद्धिमान मगर र पौष १५ गते त्रियुगा नगरपालिका १२ सोनापुरका सहरमान राईकी श्रीमति अन्दाजी ६५ वर्षिय वृद्धा सावित्री राईलाई जंगली हात्तीले आक्रमण गरी मारेको थियो । यस्तै बेलका, चौदण्डीगढी र त्रियुगा नगरपालिकामा एक दर्जनभन्दा बढी सर्वसाधारणको घर भत्काई दिईएको छ । तीन महिनाको अन्तरालमा हात्तीले उदयपुर, सिरहा, सप्तरी र सुनसरी आसपासका क्षेत्रमा बस्दै आएको छ ।
तस्विर रामकुमार चौधरी, सुन्दरपुर













