उदयपुर / राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निक्कमाहरुको हातमा शासन सत्ता संचालन गर्दा देश डुबेको आरोप लगाएको छ । उदयपुरमा राप्रपाद्वारा आयोजित सभालाई सम्बोधन नेपाली काँग्रेस, नेकपा एमाले र माओवादीलाई इंगित गर्दै सो कुरा बताएका हुन् । यो देशमा ३१ वर्ष निक्कमाहरुको शासनले गर्दा देश जरजर अवस्थामा आएको आरोप लगाएका हुन् ।
‘निक्कमाहरुलाई जिम्मा दिँदा देश बेरोजगारको कारखाना बन्यो, देश डुब्यो । आज देशका ५० लाख बढी युवा जनशक्ति देश बाहिर रहेको छ, देश कस्तो अवस्थामा छ आफै छर्लंग छ ।’ उनले भने–‘हाम्रो सामान्य आँखाले देखेजस्तो छैन्, कहि गोली चलेको छैन, कहि बन्द हडताल छैन, मारामारी छैन भने यस्को अर्थ देश ठिकठाक चलेको छ । तर, त्यो अवस्था होइन् ।’

‘आज अदालतले अदालतको काम गरिरहेको छैन, सरकारले सरकारको काम गरिरहेको छैन, संसदले संसदको काम गरिरहेको छैन् । सरकार आफैले प्रधानन्याधिशलाई महाअभियोग लगाउँछ र संसद बन्द गर्छ । सरकारको तीन वटै अंगले काम नगरेको अवस्था छ ।’ अध्यक्ष लिङ्देनले भने, ‘आज देश पूर्ण रुपले लिगबाट बाहिर गएको छ । यो सामान्य अवस्था होइन ।’

यति बेला बैंकहरुमा पैसा छैन्, बैंकहरुले लगानी गर्न छोडेका छन्, ठूलठूलो चेकहरु साटिरहेको छैन, कहाँ गए पैसा अध्यक्ष लिङ्देलले प्रश्न गरे । आज पैसा कमिशनको नाममा भ्रष्टचारीहरुले, व्यपारीहरुले बैंकमा राख्न नमिलेर घरमा थुपारेर राखेको आरोप छ । जसले गर्दा देशको अर्थतन्त्रमा संकट आएको छ ।

ठूला राजनीतिक पार्टीहरुले बैदेशिक सम्बन्धलाई सत्ता चढ्ने सिढीको रुपमा उपयोग गर्नाले आज अन्तर्राष्ट्रिय स्तरमा नेपाल र नेपालीको विश्वसनीयता गुमेको आरोप लगाए ।

अध्यक्ष लिङ्देनले स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने समेत जनाएको छ । आवश्यकता हेरी गठबन्धन गर्न सकिने भएपनि अहिलेसम्म आफ्नै बलबुताले लड्ने क्षमता रहेको उनले बताए । स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाउने उनले बताउनु भयो ।

तपाईको प्रतिक्रिया