उर्मिला दनुवार, उदयपुर, समान्ता र शशक्तिकरणको लागि हाम्रो अभियानू भन्ने मुल नाराका साथ शनिबार रेडियो उदयपुरको मातृ सस्था महिला सशक्तिकरण स्रोत केन्द्रको १० औ साधारणसभा सम्पन्न भएको छ । उदयपुको त्रियुगा नगरपालिका ९ राजाबासको ओरेक नेपालको भबनमा रेडियो उदयपुरको मातृ सस्था महिला सशक्तिकरण स्रोत केन्द्रको १० औ साधारणसभा सम्पन्न भएको हो ।
समाजका हरेक क्षेत्रमा बराबरीको हैसियत हुने महिलाहरुलाई बिभिन्न कारण देखाई पछाडी पारिएको अवस्थालाई मध्यनजर गर्दै सूचनामा पहुँच पुर्याई महिलाहरुको सशक्तिकरण र समानताका लागि अभियानको रुपमा काम गर्ने उद्देश्यले २०६४ पुस २३ गते जिल्ला प्रशासन कार्यलय काठमाडौमा दर्ता भई सञ्चालनमा रहेको संस्था हो ।
ग्रामिण समाजका आम महिलाहरुका लागि सूचनाको पहुँच सहज नभएको अवस्थामा महिलाको सूचनामा पहुँच बढाउन यस संस्थाले रेडियो उदयपुर र मिडिया सेन्टर सञ्चालन गर्नुका साथै बाल बिवाह विरुद्धको अभियानलाई अगाडि बढाई रहेको छ ।
यस्तै महिला मानब अधिकार रक्षक सञ्जाल उदयपुरका अध्यक्ष माया भण्डारिले रेडियो आफैमा महत्वपूर्ण माध्यम भएकोले यसलाई जन्माउनु मात्र ठूलो कुरा नभई राम्रो र हाम्रो हो भन्ने कसरी बनाउन सकिन्छ यस तर्फ सोच्न जरुरी रहेको बताईन ।
नेपालमा महिला अधिकारको अभियानको रुपमा जन्मिएको यस संस्थाले समाजमा रहेका विभिन्न कुरितीहरुको अन्त्यका लागि अभियान कै रुपमा कार्यक्रमहरु गरिरहेको महिला सशक्तिकरण स्रोत केन्द्रका अध्यक्ष मन्दिरा दनुवारले बताईन । रेडियोलाई अगाडि बढाउन स्रोतहरुको एकदमै खाँचो रहेको र स्थानीय श्रोत साधनहरुलाई कसरी परिचालन गर्न सकिन्छ त्यस तर्फ सक्रिय भएर लाग्नु पर्ने अध्यक्ष दनुवारले बताईन ।
यस्तै महिला सशक्तिकरण स्रोत केन्दका उपाध्यक्ष जानकी रोकायले महिलाको शिक्षा, स्वास्थ्यको अधिकार, महिलाको काम र कामका लागि स्वतन्त्रताको अधिकार, बाल बिवाहको विरुद्ध अभियान, महिलाको आर्थिक अधिकारका सवालहरुमा पनि सचेतनाका साथै अभियान मूलक कार्यक्रमहरु सञ्चालन गरिरहेकोे बताईन ।
महिला सशक्तिकरण स्रोत केन्दका उपाअध्यक्ष जानकि रोकायले सस्थाको सागंठनिक तथा प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिईन । लेखापाल सुनिता दनुवारले आर्थिक प्रगति प्रतिबेदन प्रस्तुत गरेकी थिईन । संस्थाले गत वर्ष चालु वर्ष ३२ लाख २४ हजार बराबरको कारोबार गरेको थियो भने २७ लाख ४२ हजार ८ सय खर्च भएको थियो ।

तपाईको प्रतिक्रिया