उदयपुर । उदयपुरको बेलका नगरपालिका १ आम्बासीमा १३ ग्राम ब्राउन सुगर सहित एक युवक पक्राउ परेको छ । शनिबार साँझ ७ बजेको समयमा रामपुर फत्तेपुर सडक खण्ड अन्तर्गत आम्बासीमा चेकिङको क्रममा गोप्य सूचनाका आधारमा चौदण्डीगढी नगरपालिका ४ का ३१ वर्षिय भुषण राई पक्राउ परेको हो ।
कालो रङ्गको प्लाष्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको १३ ग्राम लागू औषध ब्राउन सुगर सहित राई पक्राउ परेको प्रहरीले जानकारी दिए । पक्राउ परेको राई विरुद्ध जिल्ला अदालत उदयपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । उदयपुरमा यति ठूलो परिणाममा ब्राउन सुगर परेको पहिलो रहेको प्रहरीले जनाएको छ ।









