उदयपुर, उदयपुरको एक शैक्षिक संस्था अन्तर्राष्ट्रिय स्तरको माप दण्ड पुरा गर्न सफल भएको छ । बिश्व बिद्यालय अनुदान आयोगले उदयपुरको त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडालाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण–पत्र/QAA Certificate प्राप्त गर्न सफल भएको भन्दै प्रमाण पत्र दिएको छ।
देश भरको कुल १ हजार चार सय क्याम्पसहरु मध्ये ३० वटा क्यापम्सले मात्र यस्तो गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण–पत्र/ QAA Certificate प्राप्त गरेको छ । जसमा त्रियुगा जनता बहुमुखी क्याम्पस मोतिगडाले प्रदेश नम्बर एकको उत्कृष्ठ ५ स्थानमा पर्न सफल भएको छ भने साबिकको सगरमाथा अञ्चल भित्र प्रथम स्थान हासिल गरेको छ । त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडा देश भरमा २७ औं स्थानमा पर्न सफल भएको हो । बिश्वबिद्यालय अनुदान आयोगले एक कार्यक्रम गरि त्रियुगा जनता बहुमुखि क्याम्पसलाई गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण–पत्र / QAA Certificate प्रदान गरेको क्याम्पस प्रमुख रमेशचन्द्र रोकाले जानकारी दिए ।
उच्च शैक्षिक संस्थाले पुरा गर्नु पर्ने सम्पूर्ण माप दण्ड पुरा गरेपछि मात्र यस्तो प्रमाण पत्र पाईन्छ । अन्तर्राष्ट्रिय स्तरको माप दण्ड पुरा गर्न सफल भएपछि हामीले यस्तो प्रमाण पत्र पाएको हो । त्रियुगा जनता बमुमुखि क्याम्पस मोतिगडाले उदयपुरको माटो सुहाउँदो वा प्रदेशको भौगोलिक अवस्था र यहाँको आवश्यकतालाई मध्य नजर गरि आफैले नयाँ पाठयक्रमको बिकास गरि चलाउन पाउने भएकाछौं क्याम्पस प्रमुख रोकाले भने ।
यस क्याम्पसबाट उत्पादित जनशक्ति अर्थात बिद्यार्थीको सर्टिफिकेटको भ्यालु बढ्छ । उदयपुरबासीले यसमा गर्ब गर्ने बेला आएको क्याम्पस प्रमुख रोकाको भनाई रहेको छ । हामी सबैको निरन्तरको सहयोग मेहनत र परिश्रमले सफलता मिलेको छ । नेपालमा सन २००८ बाट बिश्व बैंकले यस्तो कार्यक्रम लागु गरेको हो । गुणस्तर सुनिश्चितता तथा प्रत्यायन प्रमाण–पत्र / QAA Certificate प्राप्त गरेपछि हामीलाई बिश्वबिद्यालयले चाहेको जुनसुकै शैक्षिक कार्यक्रम चलाउन सक्ने भएकाछौं ।


क्याम्पसमा हाल १ हजार ९ सय बिद्यार्थी अध्यायनरत रहेकोमा आगामी वर्षदेखि +२ को कार्यक्रम हामी सञ्चालन गर्न नपाउने भएकाले त्यसपछि १ हजार २ सय बिद्यार्थीमा सिमित रहने बताए । यो प्रमाण पत्र पाएपछि बिश्व बैंकले क्षतिपूर्ति बापत १ करोड २६ लाख रुपैया दिने ब्यवस्था रहेको जानकारी दिए ।
उनले भने हाम्रो दायित्व बढेको छ, धेरै काम गर्न बाकीं छ, निरन्तर आफुलाई सुधार्दै अब्बल बनि रहने दिशामा लाग्नु छ्र हामीलाई यहाँ सम्म पु¥याउने सम्बद्ध सबै पक्ष क्याम्पस सभासद, विद्यार्थी, अभिभावक, स्व.वि.यु.परिवार, राजनीतिक दलहरु, जनप्रतिनिधिहरु, नागरिक समाज, सहयोगी विद्यालयहरु , पत्रकार बन्धुहरु एच्त् ँबmष्थि र सबै उदयपुरबासीहरुमा हामी हार्दिक आभार प्रकट गर्दछौं ।
क्याम्पस स्थापनाका अभियन्ता र सहयोगी समुदायको सपना साकार पार्दै गर्बले शिर उठाउन मिल्ने स्थानमा हामी आईपुगेका छौं तर हाम्रो आरोहण अझ माथि सम्म छ तसर्थ आगामी दिनहरुमा अझ बढी न्यानो सहयोग र सद्भावको अपेक्षा राखेका छौं क्याम्पस प्रमुख रोकाको भनाई रहेको छ । बिश्वबिद्यालय अनुदान आयोगले त्रियुगा जनता बहुमुखि क्याम्पस, पृथ्वीनारायण क्याम्पस पोखरा, त्रि.वि.वनस्पतिशास्त्र केन्द्रिय विभाग किर्तिपुर र सिद्धार्थ गौतम क्याम्पस, बुटवलले सफलता हासिल गरेको छ । अन्तर्राष्ट्रिय स्तरको माप दण्ड पुरा गरेकाले त्रियुगा जनता बहुमुखि क्याम्पस मोतिगडाबाट शैक्षिक सत्र पुरा गर्रे बिद्यार्थीले पाउने शैक्षिक प्रमाण–पत्र अन्तर्राष्ट्रिय स्तरको मान्यता पाउने र उच्च प्राथमिकताका साथ मुल्याङ्गकन हुने छ । बिश्वबिद्यालय अनुदान आयोगले एक वर्ष अघि त्रियुगा जनता बहुमुखि क्याम्पसको शैक्षिक गुणस्तर, भौतिक पूर्वाधारको अवस्था शैक्षिक स्थिति लगायतको बिभिन्न पक्षमा अध्यायन अबलोकन गरेको थियो । बिश्वबिद्यालयको अध्यायन अबलोकनपछि आवश्यक मापदण्ड पुरा गरेसँगै प्रमाण–पत्र प्राप्त गरेको हो ।

तपाईको प्रतिक्रिया