गाईघाट । आसन्न राष्ट्रिय सभा सदस्यका लागि प्रदेश १ को गठबन्धनको उम्मेद्वारहरु मतमाग्न उदयपुरको चौदण्डीगढी नगरपालिकामा आउने भएका छन । चौदण्डीगढी नगरपालिका बेल्टारमा राष्ट्रिय सभा सदस्य उम्मेदवार र मतदाता बिच परिचयात्मक कार्यक्रम तथा अन्तरक्रिया रहेको जनाईएको छ । बेल्टारमा मंगलबार विहान ११ बजे उम्मेद्वार र उदयपुरका मतदाता विच अन्तरक्रिया कार्यक्रम संचालन हुने एकीकृत समाजवादीका प्रदेश १ का अध्यक्ष बलदेव चौधरीले जानकारी दिए ।

पाँचदलिय गठबन्धनको तर्फबाट काग्रेस, जनता समाजवादी र एकीकृत समाजवादीको तर्फबाट प्रदेश नम्बर १ मा उम्मेद्वारी परेको छ ।
सत्तारूढ गठबन्धनबाट जनता समाजवादीले अल्पसंख्यक/अपांगमा भोजपुरका हेमराज राई थुलुङ, अन्यतर्फ कांग्रेसले झापाका गोपाल बस्नेत र महिलातर्फ एकीकृत समाजवादीले भोजपुरकी जयन्ती राईको उम्मेदवारी दर्ता गराएका छन ।

भने एमालेबाट अन्यमा मोरङका गुरु बराल, महिलामा झापाकी सुमित्रा भण्डारी र अल्पसंख्यक/अपांगमा सोलुखुम्बुका सोनाम ग्याल्जेन शेर्पाले मनोनयन दर्ता गरेका छन । राप्रपाका रञ्जु प्याकुरेलले महिलामा र अमरबहादुर विष्टले अन्य सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन ।

दुई पक्षको मतान्तर कम भएका कारण कडा प्रतिस्पर्धा हुने भएको हो । प्रदेश १ मा तीन जना सदस्यका लागि माघ १२ मा निर्वाचन हुँदैछ ।
प्रदेश १ मा ५० प्रदेश सांसद र १२६ पालिका प्रमुख/`उपप्रमुख रहेको पाँच दलीय सत्ता गठबन्धनसँग ४६६८ मतभार छ । ४१ प्रदेश सांसद र १४२ प्रमुख÷उपप्रमुख रहेको एमालेसँग मतभार ४५२४ छ ।

एक सांसद र चार प्रमुख÷उपप्रमुख रहेको राप्रपासँग १२० मतभार छ । प्रदेश १ को प्रतिपक्षी दल राप्रपा कुनै पक्षमा खुलेको छैन ।
राप्रपाले एमालेलाई सघाएको अवस्थामा प्रदेश १ मा सत्ता गठबन्धन मात्र २४ मतभारले अगाडि हुनेछ ।

प्रदेश १ मा ९६ प्रमुख÷उपप्रमुख र २१ प्रदेश सांसद रहेको कांग्रेसको कुल मतभार २७३६ छ ।

१५ जना प्रदेश सभा सदस्य र १६ प्रमुख÷उपप्रमुख रहेको माओवादी केन्द्रको मतभार १००८ छ ।

नेकपा (एकीकृत समाजवादी)को मतभार ६६० छ । एकीकृत समाजवादीमा १० सांसद र १० प्रमुख/उपप्रमुख छन् ।

तीन सांसद र चार प्रमुख/उपप्रमुख रहेको जनता समाजवादी पार्टीको मतभार २१६ छ । सत्ता गठबन्धनको सदस्य संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको मतभार ४८ छ । मञ्चसँग एक जना सांसद छन् ।

तपाईको प्रतिक्रिया