उर्मिला दनुवार, नमूना महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ५ देउरीमा रहेको नमूना महिला बचत तथा ऋण सहकारी संस्था सञ्चालन भएको १५ औं वर्ष पूरा गरी १६ औं बर्षमा प्रवेश गरेको छ ।
कार्यक्रममा नमुना महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गायत्रा ढुङ्गानाले वार्षिक प्रगति प्रतिवेदन तथा खर्चको आय व्यय प्रस्तुत गरेकी थिईन् ।
संस्थाको गत आर्थिक वर्षको कुल नाफा २ लाख ६६ हजार ७ रुपैया रहेको थियो भने ऋण जोखिम कोषमा २ लाख ४५ हजार ८ सय २० रुपैया रहेको छ । यसैगरी संस्थाको खुद नाफा १६ हजार ८ सय रुपैया रहेको छ । यस्तै आर्थिक वर्ष २०७४÷०७५ मा सहकारीले १ करोड ५० लाख २५ हजार ४१ रुपैया आम्दानी गर्न सफल भएको थियो भने १ करोड ५० लाख २५ हजार ४१ खर्च भएको थियो ।
युएनएफपिए र ओरेक नेपालको सहयोगमा लैंगिक हिसा न्युनिकरणका लागि ११ जोडिलाई ‘म हिंसा गर्दिन, हिंसा सहन्न, म प्रति हिसा भएमा प्रतिकार गर्नेछु’ भनि सपथ खुवाएर यस वर्ष पनि वृक्षारोपण कार्यक्रम संचालन संस्थाका अध्यक्ष ढुङगानाले बताईन ।

तपाईको प्रतिक्रिया