गाईघाट । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले एमालेको आर्ठौ जिल्ला अधिवेशनमा उपाध्यक्ष पदमा उम्मेद्वारी घोषणा गर्नु भएको छ ।
पुस २३ गतेदेखि उदयपुर सदरमुकाम गाईघाटमा सुरु भएको अधिवेशनमा श्रेष्ठले उपाध्यक्ष पदमा उम्मेद्वारी दिनु हुने भएको हो ।
यस अघि जिल्ला उप सचिवको जिम्मेवारी बहन गरी सकेका श्रेष्ठले स्वतन्त्र रुपमा उपाध्यक्ष पदमा उम्मेद्वारी दिने बताउनु भयो ।
‘एमालेको चुनावी प्यानल बनाउन नपाउने नीति कार्यन्वयन गर्नका लागि मैले पनि कुनै समूह तर्फबाट नभएर स्वतन्त्र रुपमा उपाध्यक्षमा उम्मेद्वारी दिने छु ।’ मेयर श्रेष्ठले भने, ‘म उपाध्यक्षको उम्मेद्वार भएपनि सबै पदमा सहमती भए आफु पार्टीले दिएको जिम्मेवारी पुरा गर्न तयार रहेको छु ।’
कटारी नगरपालिकाको सफल मेयर साथै उदयपुरको उप सचिव भई सकेकाले अहिले उपाध्यक्ष पदमा दावी गरेको श्रेष्ठको भनाई छ । २०५४ सालमा एमाले विभाजन हुदाँ समेत एमाले मै रहेका श्रेष्ठ एमाले र माओवादी पार्टीकाे एकीकरण पश्चात बनेकाे नेकपा विवाद हुदाँ समेत केपी ओलीको नेतृत्वको पक्षमा खुलेर लाग्ने नेता समेत हुनुहुन्छ । माधव कुमार नेपालले एमाले टुक्राएर एकीकृत समाजवादी निमार्ण गरेपछि कटारी नगर क्षेत्रकाे एमालेको खम्बा भएर नेतृत्व गरिरहनु भएको छ ।  आफुलाई मतदान गरेर विजयी गराउन सम्पूर्ण प्रतिनिधी समक्ष मेयर श्रेष्ठले अनुरोध गर्नु भएको छ ।

यस्तो छ, श्रेष्ठको पृष्ठभूमि
नगर प्रमुख श्रेष्ठ २०२४ साउन १५ गते बुबा श्रीराम श्रेष्ठ र आमा नानीमाया श्रेष्ठको कोखबाट कटारी बजारमा जन्मिनु भएको हो । उमेर झण्डै ५४ बसन्त पार हुनै लाग्दा कटारी नगरपालिकाको पहिलो नगर प्रमुख हुने सौभाग्य पाउनु भयो ।
कटारी बजारको स्थानीय समस्यालाई नजिकबाट नियाल्ने हालका नगरप्रमुख २०४६ सालको पहिलो जनआन्दोलनसँगै नेकपा एमालेको राजनीतिमा अगाडी आउनु भएको हो । तत्कालिन एमालेको १० नम्वर इलाका समिति सदस्य हुँर्दै अहिले श्रेष्ठ उदयपुर जिल्ला समितिको उपसचिव बन्नु भयो । पार्टी राजनीतिकभन्दा बाहिरका एमालेका विभिन्न जनवर्गीय संगठनका समेत जिम्मेवार सम्हाली सक्नु भएको छ । ‘एमालेनिकट यातयात व्यवसायी महासंघ, खेलकुद महासंघ तथा खेलकुद महासंघको सगरमाथा इन्चार्ज भइसकेको छु,’ उहाँले भन्नु भयो, ‘रोजीरोटीको लागि हिमाली यातयात व्यवसायी संघमा जागीर समेत गरेको थिए ।’
श्रेष्ठ कटारी चर्चित यातयात व्यवसायीको रुपमा कहलिन्छन । पूर्व-पश्चिम राजमार्गअन्तरगत कटारीको मिर्चैया हुँदै कटारी बजार जोड्ने सडक बनेपछि उनि कटारीमा रहेको हिमाली यातयात व्यवसायी संघका संस्थापक कार्यालय प्रमुख पनि हुनुहन्छ ।
विभिन्न सामाजिक संघ संस्थाबाट समाज सेवा रुचि राख्ने श्रेष्ठले एमालेलाई आगामी चुनावमा पहिलो नम्बर बनाउनको लागि जिल्ला उपाध्यक्षमा आफू योग्य रहेको दावी पेश गर्नु भयो ।

तपाईको प्रतिक्रिया