उदयपुर । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटले अटिरको रुपमा न्यूक्ति गरेको आइएम राउत एशोसियटस्का अडिटर इश्वरमणि राउतले आर्थिक वर्ष २०७७÷०७८ को अडिट नगरेर खातापाता फिर्ता गरेको छ ।

त्रियुगा उद्योग वाणिज्य संघ गाईघाटको अडिट आफुले नगर्ने भन्दै खातापात फिर्ता गरेका हुन् । अडिटर राउतले घुमाउरो पाराले त्रियुगा उद्योग वाणिज्य संघ भित्रको गन्जागोल आफुले बुझन नसकेर खातापाता फिर्ता गरेको जनाएको छ । उनले भने, ‘म त्रियुगा उद्योग वाणिज्य संघको अडिट नगर्ने पक्षमा पुगेर खातापाता फिर्ता गरेको हुँ । उनीहरुको गन्जागोलमा म पर्दिन ।’ गत वर्ष अडिटरले दिएको प्रारम्भिक प्रतिवदेनका आधारमा अध्यक्ष गजेन्द्र कुमार भगतमाथि उपाध्यक्ष समूहले कारबाही गरेका थिए । कारबाही प्रक्रिया अदालतसम्म पुगेका थिए ।

स्रोतका अनुसार अहिले अडिटरको खोजी भईरहेको छ । अडिटर न्युक्तिको लागि कार्य समितिले निर्णय गर्नु पर्ने भएकोले अध्यक्ष गजेन्द्र कुमार भगत वा सचिव दिनेश कुमार श्रेष्ठ विना पदाधिकारीमा बहुमत नपुग्ने देखिन्छ ।

त्रियुगा उद्योग वाणिज्य संघको विधान २०५९ को दफा ४.४(ख) बमोजिम कार्यकारिणी समितिको बैठकको अध्यक्षता अध्यक्षले नै गर्ने छन । दफा ४.४(ग) बोजिम कार्यकारिणी समितिको बैठकको गणपुरक संख्या ५१% प्रतिशत हुनेछ तर पहिलो बैठक गणपुरक संख्या नपुगी स्थगित भएमा दोश्रो बैठकमा उपस्थित एक तिहाई संख्यालाई नै गणपुरक संख्या मानिनेछ । तर यस्तो परिस्थितिमा कार्यकारिणी समितिका पदाधिकारीहरु कम्तिमा तिन जना र सदस्यबाट दुई जना अनिवार्य हुनु पर्ने व्यवस्था गरेको छ । विद्यानत पदाधिकारीका प्रथम उपाध्यक्ष रसाइली र द्धितिय उपाध्यक्ष हस्तमाया राईले मात्रै बैठक बसेर निर्णय गर्ने अवस्था विधानले बन्देज गरेको छ । बैठक बसेर निर्णय गर्न थप एक जना पदाधिकारी चाहिन्छ ।

साधारण सभा र अधिवेशन हुनु अगावै अन्तिम आर्थिक वर्षसम्मको खर्च भए नभएपनि हरहिसाव अनिवार्य पेश गर्नु पर्ने हुन्छ । त्यसको लागि पहिले अडिट रिर्पोट चाहिन्छ ।

स्रोतका अनुसार उपाध्यक्ष रसाइली समूहले पौष ३ गतेको लागि तोकेको साधारण सभा र अधिवेशनमा अडिट रिर्पोट पेश गर्न नसक्ने अवस्थामा पुगेको छ । अडिटर राउतले खातापात फिर्ता गरेपछि यति चाँडै अर्को अडिटरले आर्थिक वर्ष २०७७÷०७८ को अडिट गर्न नसक्ने अवस्थामा छैन् ।

अडिटरले अडिट गरेपछि कार्य समितिले पास गरेपछि मात्रै साधारण सभामा लैजाने चलन रहेको छ ।

तपाईको प्रतिक्रिया