उदयपुर । नेकपा एमालेबाट २८ जना सहित ५१ जना नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् । मंगलबार नेकपा एसको त्रियुगा नगरपालिका वडा नम्वर १२ को वडा अधिवेशनको क्रममा एमालेबाट २८ जना, जनता समाजवादी पार्टीबाट १४ जना र नेपाली काँग्रेसबाट ९ जना नेकपा पार्टी प्रवेश गरेको छ । नवप्रवेशीलाई नेकपा एसका पोलिटव्यूरो सदस्य तथा प्रदेश नं. १ का उपाध्यक्ष, उदयपुर इन्चार्ज बलदेव चौधरीले अविरमाला तथा खादाले स्वागत गर्दै सदस्यता प्रदान गर्नु भएको छ ।
यस्तै त्रियुगा नगरपालिका १२ को वडा अधिवेशनमा प्रथमलाल चौधरीको अध्यक्षतामा ५१ सदस्य कमिटी निर्माण भएको छ । वडा समितिको उपाध्यक्षमा शिवकुमार चौधरी, अर्का उपाध्यक्षमा जोहरा खातून, सचिवमा निर्मला मगर, सहसचिवमा बिमला बि.क. र कोषाध्यक्ष पदमा सुनिता भगत सर्वसम्मत रुपमा चयन भएका छन । 
कमिटीमा करिब ६१ प्रतिशत महिलाहरुको प्रतिनिधित्व रहेको छ । कमिटीका सबैलाई एकीकृत समाजवादीका पोलिटव्यूरो सदस्य बलदेव चौधरीले शपथ ग्रहण गराउनु भएको थियो । कार्यक्रममा नेपालको कम्युनिष्ट आन्दोलनमा दक्षिणपन्थी धारलाई पछ्याउँदै ओली एमालेले कम्युनिष्टको बदनाम गरेको धारणा व्यक्त गर्दै चौधरीले एकीकृत समाजवादीको गठन गर्नु परेको बताउनु भयो । दुर्गानन्द चौधरीको अध्यक्षतामा सञ्चालित कार्यक्रममा जिल्ला तथा नगरका अगुवा कार्यकर्ताहरुले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।










