उदयपुर । उदयपुरमा सोमबार विहान साढे तीन बजे ठूलो परिणाममा लागूऔषध गाँजा सहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका ९ सोरुम छविसेका २० वर्षिय प्रेम परियार रहेको रहेको छ ।
ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरी टोलीले उनलाई जंगलमा बोरामा गाँजा बोकी हिडिरहेको अबस्थामा पक्राउ गरेको हो । पक्राउ परेका उनको थप अनुसन्धानको लागि म्याद थप गर्न जिल्ला अदालत उदयपुर उपस्थित गराईएको छ ।









