उदयपुर । प्रदेश १ सरकारले प्रादेशिक संचार प्रतिष्ठानमा गरेको नियुक्ति प्रति प्रेस सम्बद्ध सगठनहरुहरुले विरोध जानाएका छन । प्रेस सेन्टर, प्रेस युनियन, समाजवादी प्रेस र प्रेसमंच नेपालले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी विरोध जनाएका हुन ।
विज्ञप्तिमा आन्तरिक मामिला तथा कानून मन्त्रालयद्धारा प्रादेशिक सञ्चार प्रतिष्ठान सञ्चालक समितिमा धमाधम भइरहेको नियुक्ति खारेज गर्न माग गरिएको छ ।
‘प्रादेशिक सञ्चार प्रतिष्ठानलाई राजनैतिक उद्देश्य पुरा गर्ने माध्यम नबनाउन र पत्रकारिता जस्तो जिम्मेवार क्षेत्रलाई राजनीतिको प्रभावमा नपार्न हामी माग गर्दछौँ ।’ विज्ञप्तीमा भनिएको छ, ‘भईरहेका नियुक्ति तत्काल रोक्न र भएका नियुक्ति तत्काल खारेज गर्न जोडदार माग गर्दछौँ साथै गलत ढंगबाट भएका यस्ता नियुक्तिलाई सहजरुपमा स्वीकार गर्न नसकिने स्पष्ट पार्दै यस्ता प्रलोभनमा नपर्न सम्पुर्ण श्रमजीवी पत्रकारहरुमा हार्दिक आव्हान समेत गर्दछौँ ।’

प्रतिष्ठान जस्तो समग्र पत्रकारिताको विकासका लागि स्थापित साझा निकायमा विधि, पद्धति र मापदण्ड विपरित एकलौटी ढङ्गले भइरहेको यस्तो नियुक्तिले पत्रकारिता जगतमा गलत संस्कार स्थापित हुने सगठनहरुको निष्कर्ष छ ।

विज्ञप्तीमा कानुनतः निर्धारित समयभित्र संसदबाट विश्वासको मत प्राप्त गर्न नसकी सान्दर्भिकतामै प्रश्न उठिरहेको यस सरकारले हतार–हतार गरिरहेको यस नियुक्तिले पत्रकारिता क्षेत्रमा गलत नजीरमात्र स्थापित गरेको छैन, प्रादेशिक सञ्चार प्रतिष्ठानको गरिमालाई समेत ध्वस्त बनाउने कार्य भइरहेको उल्लेख छ ।

अल्पमतमा परेको सरकारले गरेका नियुक्तिहरुमा नियुक्ति पत्र समेत नबुझ्दै विवादमा परेको छ ।

प्रादेशिक सञ्चार प्रतिष्ठानलाई राजनैतिक उद्देश्य पुरा गर्ने माध्यम नबनाउन र पत्रकारिता जस्तो जिम्मेवार क्षेत्रलाई राजनीतिको प्रभावमा नपार्न हामी माग गर्दछौँ ।

तपाईको प्रतिक्रिया