उदयपुर, उदयपुरको ताप्ली गाउँपालिकामा बैंक स्थापना भएको छ । गाउँपालिकामा जनप्रतिनिधी आएको करिब डेढ बर्षपछि उदयपुरको पहाडी गाउँपालिका ताप्लीमा प्राईम कमर्सियल बैक लिमिटेड पुगेको छ ।
ताप्ली गाउँपालिकाको केन्द्र रुपाटारमा बैंकले शाखा विस्तार गरेको हो । बैंकको शाखा बुधबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष उद्धव बहादुर थापाले उद्घाटन गरेर संचालनमा आएको हो ।
ताप्ली गाउँपालिकामा बैंक नहुदाँ हाल राष्ट्रिय बाणिज्य बैक कटारी धाउनु पर्ने अवस्था थियो । गाउँपालिकाकै केन्द्रमा बैक खुलेपछि गाउँपालिकाको काम गर्न सहज भएको छ । उपभोक्ता समिति लगायत विकास निर्माण र सरकारी विद्यालय, संघसंस्थाको गाउँपालिकाको कामकाजको लागि कटारी धाउनु पर्ने बाध्यता हटेको गाउँपालिकाका प्रमुख उद्धब सिंह थापाले बताए ।
‘राष्ट्र बैकले गत बैशाख भित्रै पालिकामा बैकको शाखा खोल्न बाणिज्य बैकलाई निर्देशन दिएपनि पूर्वाधार निर्माणको कारण बैकको शाखा विस्तार हुन सकेको थिएन । उदयपुरका आठ वटा पालिका मध्ये सात वटामा बैक सुविधा पुगेको छ भने लिम्चुङ्गबुङ्ग गाउँपालिकामा बैंक पुगेको छैन ।

तपाईको प्रतिक्रिया