गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को त्रियुगा नगर कमिटीमा जनार्दन रेग्मीको नेतृत्वमा ७५ सदस्य कमिटी चयन भएको छ । शनिबार एक कार्यक्रमको विच नेकपा एस त्रियुगा नगर कमिटी घोषणा गरेका हो ।
नेपालीहरुको महान चाड विजया दशी, शुभदिपावली तथा छट पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सहित त्रियुगा नगर कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा धननारन श्रेष्ठ, सचिव राकेश चौधरी र सहसचिव सुरेश गुप्ता चयन भएको नेकपा एसका जिल्ला कमिटी अध्यक्ष राममणि पोखरेलले जानकारी दिए ।
कमिटीमा ६० जनालाई शनिबार नै नेकपा एकका पोलिट व्यूरो सदस्य तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले सपथ खुवाएका थिए भने अन्य १५ जना पछि मनोनयन गर्ने अध्यक्ष पोखरेलले जानकारी दिए ।
शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रममा पार्टीका जनवर्गिय संगठनका पदाधिकारी तथा सदस्यहरु लगायत अढाई सय बढीको संख्यामा कार्यकर्ताको उपस्थिति रहेको नवनिर्वाचित सचिव राकेश चौधरीले जानकारी दिए ।









