कटारी । ६६ औं प्रहरी दिवसको अवसरमा कटारी नगरपालिका सम्मानित भएको छ । ट्राफिक प्रहरी पोष्ट कटारी, उदयपुरको भवन निर्माण गर्न जग्गा प्रदान गरेकोले पुरस्कृत गरिएको हो । 
कटारीका मेयर ज्ञानेन्द्र श्रेष्ठलाई विराटनगर स्थित प्रदेश १ प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रम कदर पत्र प्रदान गरिएको छ । मुख्यमन्त्री भिम आचार्यले एक समारोह विच मेयर श्रेष्ठलाई प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको कदर पत्र प्रदान गरे ।
कदर पत्रमा ट्राफिक प्रहरी पोष्ट कटारी, उदयपुरको भवन निर्माणार्थ आफ्नो बहुमुल्य जग्गा नेपाल प्रहरीलाई निशुल्क प्रदान गर्नु भई समाजमा शान्ति सुरक्षा कायम राख्ने कार्यमा यहाँको उल्लेखनिय योगदानको उच्च मूल्याङ्कन गर्दै स–धन्यवाद यो कदर–पत्र प्रदान गरिएको छ, भनिएको छ ।









