गाईघाट । नेपाली कांग्रेसको १४ औं माहाधिबेसन अन्तर्गत उदयपुरको त्रियुगा नगरपालिकामा त्रियुगा नगर सभापतिको पदका लागि हुने प्रतिस्पर्धामा एक दमै रोमाञ्चित हुने आकलन हुन थालेको छ । राजनीति सम्भावनाको खेलमा सुमन चौधरी अगाडी छ ।
त्रियुगा नगरपालिकाको परिणाम अनेपेक्षीत हुने देखिएको छ । तुलानात्मक रुपमा एक समुहले अर्को समुहलाई कमजोर ठानेको भएपनि दोस्रो पक्षको कमजोरी देखाउने चक्करमा एक पक्षले आफ्नो सवल पक्ष र विपक्षीको दुर्लब पक्षलाई नै औलाउने गरेको छ ।
कुनै पनि एक ब्याक्ति नेता बन्नका लागि उसका पछाडी कार्यकर्ता सुभेच्छुक वा आम नागरिक हुन् जरुरी छ । कसैले आफुले आफुलाई र दुई जना समर्थकले नेता माने भनेर आफुलाई स्वघोषित नेता मान्छ भने उसले राजनीतिको बक्र रेखालाई बुझेको नै छैन ।
नेपाली कांग्रेसको त्रियुगा नगरपालिकामा प्रकाश खड्का र सुमन चौधरी बीच हुने प्रतिस्पर्धा सिधा सरल रेखा मार्फत नदेखिएर बक्र रेखा मार्फत देखिएका कारण प्रकाश खड्का समुहले सामान्य लिएको सुमन चौधरीको समूह बलियो देखिदै गएको छ ।
सुमन चौधरीलाई विदुर बस्नेत र बसन्त बस्नेत निकट सवैले मतदान गरेमा सुमनको जित सुनिश्चि रहेको काँग्रेसका एक मतदाताले बताएका छन् । उनका अनुसार सुमन चौधरी २५ देखि ३५ मतले अगाडी रहेको छ । एक मतदाताका अनुसार नगरमा बढी भन्दा बढी युवाहरुको प्रतिनिधित्व भएकोले सुमन चौधरीको जित सुनिश्चित छ ।
यस कारणले सुमन चौधरी बलियो उम्मेदबार
सुमन चौधरीको परिवार विगत लामो समयदेखि नेपाली काँग्रेसमा आवद्ध थिए । उनको घरमा स्व. विपी कोइराला, स्व. गिरिजा प्रसाद कोइरालादेखि सुशिल कोइराला बास बसेकाले उनको राजनीति नेपाली काँग्रेस तिरै ढल्किए । उनी विद्यार्थी कालदेखि नै काँग्रसको राजनीतिमा सक्रिय भए ।
२०६२ सालमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा त्रियुगा जनता बहुमुखी क्याम्पसको स्ववियु सदस्यमा निर्वाचित भए । उनले स्ववियुमा ४ वर्ष सदस्य भएर काम गरे । त्यसपछि २०६५ देखि २०७१ सम्म नेपाल तरुण दल नगर समिति सचिव भएर युवाको ढुकढुकी बन्न पुगे । २०७१ देखि २०७५ सम्म नेपाल टे«ड युनियन काँग्रेस युवा समितिको जिल्ला अध्यक्ष भएर कमिटी चलाएर । उनीले हरेक कमिटी दुरुस्त ढंगले चलाए ।
यस्तै सुमन चौधरीले २०७२ देखि २०७८ भाद्र सम्म नेपाली काँग्रेस त्रियुगा नगर समिति सचिव पनि चलाइ सकेका छन् । उनको अवको चाहान भनेको काँग्रेस नगर सभापति भएर पार्टीलाई आगामी चुनावमा जिताउने अभियान रहेको उनी निकट शुभचिन्तकहरु बताउँछन् ।
यस कारणले प्रकाश खड्का कमजोर
प्रकाश खड्का आफ्नै वडामा कमजोर देखिएको एक मतदाताले बताए । वडा नं. ११ मा झनै कमजोर देखिएको छ । यस्तै अन्य वडाहरुमा पनि कमजोर देखिएको छ । उनका अनुसार पार्टीमा योगदान हेर्ने हो भने प्रकाश खड्का भन्दा सुमन चौधरीको सक्रिय योगदान बढी छ । प्रकाश खड्का क्याम्पस जागिरे जीवन र जिल्ला खेलकुद विकास समितिको सदस्य सचिवको चर्चाले वडाध्यक्ष विजय भएपनि निर्वाचन पछि एकपछि अर्को विवादमा तानिए ।
खड्का प्रलोभनमा परि विदेशी महिलालाई नागरिकता दिएपछि विवादमा तानिएको छ । भारत मधवनी जिल्ला, लौकाहा थाना, एकासी मझौरा बस्ने नसरुल मियाँको श्रीमतीलाई वडाध्यक्ष खड्काले अविवाहित भनि नागरिकता दिलाएका हुन । दिल मोहमदको ३१ बर्षिया छोरी लजिना खातुनलाई वडाध्यक्ष खड्काको सिफारिसमा नागरिकता दिइएको हो । उनको मुद्दा अहिले पनि जिल्ला प्रशासन कार्यायल उदयपुरमा विचारधिन रहेको छ ।
यस्तै आफ्नो छोरालाई वीरगञ्जको एमबी केडिया डेन्टल कलेजमा अध्ययन गर्न भारतीय बनाएर पढाएको आरोप लगेका छन् । छोराले विडिएस डाक्टर पढ्नलाई प्रवेश परीक्षा पास गर्न नसक्ने भएपछि रजनिश खड्काले भारत सरकारबाट जारी आवासीय प्रमाणपत्र पेस गरेर भारतीय बनाई अध्ययन गरेको पाइएको अनुसन्धानका क्रममा खुलेको छ । डा. रजनिश खड्काको मेडिकल काउन्सिल दर्ता नम्बर १५३९६ रहेको छ ।
यस्तै प्रकाश खड्का वडाध्यक्ष भएपछि विकास निर्माणको काममा समिति निर्माणमा आफ्नोे भाई भतिज, आफ्न्तलाई उपभोक्ता समितिमा राख्ने गरेको आरोप लागेको छ ।









