गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को वडा कमिटीहरु धमाधम गठन शुरु भएको छ । त्रियुगा नगरपालिका २ मा लिल बहादुर खड्काको संयोजत्वमा २५ सदस्यीय वडा तदर्थ समिति गठन भएको छ ।
तदर्थ समितिको सचिवमा श्याम नारायण चौधरी रहेका छन् । श्याम नारायण त्रियुगा नगरपालिका २ का वडा सदस्य समेत हुन् ।
सदस्यहरुमा क्रमशः भुपध्वज बस्नेत, रामश्रेष्ठ चौधरी, ताराकान्त चौधरी, मेखराज पोखरेल, धनबहादुर खड्का, मनी कुमार राई, गेनानन्द चौधरी, दुलिचन्द सदा, पाँचुु सदा, जगदिश राजधामी रहेका छन् ।
यस्तै तदर्थ समितिमा फिरन राजधामी, भिखन चौधरी, हरि राउत, कुल बहादुर बस्नेत, विजली सदा, दुर्गानन्द राजधामी, तुलसा चौधरी, मनोज राजधामी लगायत रहेका छन् ।
तसर्थ समिति गठनको क्रममा ७५ बढीको उपस्थिति रहेको थियो । नेकपा एसका सचिव जयराम पंजियारको प्रमुख अतिथिमा सम्पन्न भएको थियो । कार्यक्रममा विक्रमी चौधरी, राकेश चौधरी लगायतको उपस्थिति रहेको थियो ।









