उदयपुर । उदयपुरका दुई नेताले नेकपा एकीकृत समाजवादी (एस) को कार्यविभाजनमा जिम्मेवारी पाएका छन् । नेकपा एसका केन्द्रीय प्रचार विभाग प्रमुख समेत रहनु भएका जगनाथ खतिवडाले केन्द्रीय सचिवको जिम्मेवारी पाउनु भएको छ, भने त्रियुगा नगरपालिका नगर प्रमुख तथा केन्द्रीय सदस्य बलदेव चौधरी पोलिट व्युरो सदस्यमा चयन हुनु भएको छ ।
खतिवडा र चौधरीले दुबैले बिहीबार बसेको केन्द्रीय कमिटीको बैठकबाट जिम्मेवारी पाउनु भएको हो । दुबै नेता उदयपुरका लोकप्रिय नेताको रुपमा चिनिन ुहुन्छ । नेकपा एसले माधव नेपाल नेतृत्वमा पदाधिकारी चयनलाई सोही केन्द्रीय कमिटीको बैठकले चयन गरेको छ ।

नेकपा एकीकृत समाजवादी पार्टीले १८ सदस्यीय पदाधिकारी बनाएको छ । पदाधिकारीहरुमा माधवकुमार नेपाल अध्यक्ष र झलनाथ खनाल वरिष्ठ नेता छन् । मुकुन्द न्यौपाने भने नेपाल र खनालपछि तेस्रो वरियतामा रहेका रहनु भएको छ ।

सात उपाध्यक्षमा राजेन्द्र पाण्डे, प्रमेश हमाल, घनेन्द्र बस्नेत, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, धर्मनाथ साह र जयन्ती राई छन् । वेदुराम भुसाल महासचिव बन्दा प्रकाश ज्वाला, गंगालाल तुलाधर र विजय पौडेल उपमहासचिव भएका छन् ।

यस्तै नागेन्द्र चौधरी, जगन्नाथ खतिवडा, राजेन्द्र राई र रामकुमारी झाँक्री सचिव तोकिएका छन् ।

सचिवालयले उपाध्यक्षमा चार जनाको नाम प्रस्ताव गरेको थियो, जसमा राजेन्द्र, प्रमेश, धर्मनाथ र जयन्ती मात्र थिए । अहिले उपाध्यक्ष बनाइएका केशवलाललाई सचिवमा राखिएको थियो भने राजेन्द्र राई पदाधिकारीमा थिएनन् ।

तर राईलाई छुटाएकोमा असन्तुष्टि देखिएपछि केशवलाललाई उपाध्यक्षमा लगियो र उनलाई सचिव बनाउने सहमति भयो । त्यसमा पनि असन्तुष्टि सम्बोधन नगरेपछि घनेन्द्र र मुकुन्द न्यौपानेलाई पनि उपाध्यक्ष बनाउने प्रस्ताव आयो । तर मुकुन्द उपाध्यक्ष बस्न चाहेनन् । त्यसपछि केदार न्यौपानेलाई उपाध्यक्ष बनाइएको छ ।

मुकुन्द न्यौपाने भने वरीयता क्रममा तेस्रो नम्बरमा रहनेछन् । अध्यक्ष नेपालपछि वरिष्ठ नेता झलनाथ खनाल र त्यसपछि न्यौपानेलाई राखिएको छ ।

बैठकले ३५ सदस्यीय स्थायी कमिटी, ७१ सदस्यीय पोलिटब्यूरो र वैकल्पिकसहित ३०१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्ने निर्णय गरेको छ । प्रदेश तथा जिल्ला इन्चार्ज तोक्कोनुका साथै केन्द्र बाहेक सबै कमिटीमा दुई उपाध्यक्ष रहने व्यवस्था गरिएको सचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया