उदयपुर । नेकपा एसको वृहत अगुवा कार्यकर्ता भेलामा विभिन्न पार्टी परित्याग गरि एक दर्जन बढी नेकपा एसमा प्रवेश गरेका छन् । पार्टी परित्याग गर्नेमा नेकपा माओवादी केन्द्रका प्रदेश नं. १ का प्रदेश सदस्य भीम पराजुली, नेकपा माओवादी केन्द्रका जिल्ला सदस्य केशव आचार्य रहेका छन् । पराजुली तत्कालिन नेकपा मालेबाट त्रियुगा नगरपालिकामा नेता बलदेव चौधरीको टिमबाट उपमेयरका उम्मेदबार भएका थिए । माले र एमाले एक भएपछि उनी नेकपा माओवादीमा प्रवेश गरेका थिए ।


यस्तै पार्टी प्रवेश गर्नेमा नेपाली काँग्रेसका सक्रिय सदस्यहरुमा शिला शाक्य थारु, अजय कुमार चौधरी, राकेश चौधरी, शम्भु विक, प्रभु नारायण चौधरी, बद्री सदा लगायत रहेका छन् ।

उनीहरुलाई नेकपा एसका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का इन्चार्ज घनेन्द्र बस्नेत, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा लगायतले खादा तथा अविर लगाएर स्वागत गरेका थिए ।

कार्यक्रमलाई नेकपा एसका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का इन्चार्ज घनेन्द्र बस्नेत, प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का संसदीय दलका नेता राजेन्द्र राई, केन्द्रीय सदस्य तथा अनेम संघका अध्यक्ष जयन्ती राई, केन्द्रीय सदस्य बलदेव चौधरी, नेता महेश रेग्मी लगायतका नेताहरुले सम्बोधन वृहत कार्यक्रमको शुभकामना दिएका थिए ।

कार्यक्रममा दुई हजार पाँच सय भन्दा बढीको सहभागी रहेको कार्यालय सचिव श्याम ढुंगानाले जानकारी दिए । उनका अनुसार १९ सय बढीले त हस्ताक्षर गरेका छन भने पाँच सय बढी हस्ताक्षर गर्न छुटेकोले २५ सयको हाराहरीमा कार्यकर्ता सहभागी भएको बताए ।

कार्यक्रमको अध्यक्षता राममणि पोखरेल र कार्यक्रम संचालन सचिव जयराम पंजियार र विपिन आचार्यले गरेका थिए ।

थप सम्बन्धित समाचार

गौडा छेकेपनि मन छेक्न सकिदैन : नेता चौधरी

एमसिसी कुनै पनि हालतमा स्वीकार्य हुँदैन : नेता खतिवडा

एमाले दक्षिणपन्थीको भासमा डुब्दै गयो : इन्चार्ज बस्नेत

नेकपा (एस) उदयपुरको जिल्ला स्तरीय कर्यकर्ता भेला शुरु (तस्बिर सहित)

तपाईको प्रतिक्रिया