गाईघाट । प्रतिगामनका मतियारहरुले हाम्रो गौरबशाली पार्टीको कार्यक्रममा आउने स्थानीय तहका जनप्रतिनिधि, नेता, कार्यकर्ताहरुलाई गौडा छेक्ने काम गरेको आरोप नेकपा एसका केन्द्रीय सदस्य बलदेव चौधरीले लगाए । उनले नेकपा एसको वृहत जिल्ला स्तरीय कार्यकर्ता भेलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । गौडा छेकेपनि कार्यकर्ताको मन छेक्न नसक्ने उनले बताए ।
नेकपा एसको कार्यक्रममा आउन नदिन गाउँ गाउँमा गौडा छेक्ने काम भएको छ, नेकपासँग सम्बन्धित उदयपुरमा असोज ३ गते कुनै पनि कार्यक्रम छैन लगायतका फेसबुक स्टाटस लेखेर फेसबुक रंग्याउने काम प्रति नेता चौधरीले आपति जनाएका थिए । पार्टीमा आउन जान सवैलाई छुट छ, एउटै घरमा चार भाईमा चारैवटै पार्टीमा जाने छुट छ तर, कथित प्रतिगमन विरोधीहरुले नेकपा एसमा आउने जनप्रतिनिधि, नेता कार्याकर्तालाई विभिन्न आश्वासनको नाममा गौडा छेक्ने काम, कसैलाई पार्टी खुवाएर हुन्छ कि कसैलाई धम्काएर हुन्छ जस्ता काम प्रति हाम्रो संगठनको घोर आपति रहेको जनाएको छ ।
उनले हाम्रो खासै तयारी नभएपनि नेकपा एस प्रति जनताको विश्वास र भरोसा भएर स्वफुर्त रुपले उनीहरु कार्यक्रममा सहभागी भएको बताए ।
नेकपा एसमा आउने नेता कार्यकर्ताहरुलाई मुर्कुचीमा हुन्छ कि डहरमा हुन्छ कि ज्यामिरेमा हुन्छ । गौडैपिछै छेक्ने काम भयो, नेकपा एसको असोज ३ गते कुनै कार्यक्रम छैन् । भोज खुवाएर हुन्छ कि भतेर खुवाएर गौडा छेक्ने काम भएपनि नेकपा एस प्रति इमान्दार जनप्रतिनिधि, नेता तथा कार्याकर्ता यस कार्यक्रममा सहभागीलाई धेरै धेरै धन्यवाद दिन चाहान्छौ । अव हाम्रो भविष्य उज्वल छ ।
केपी ओलीले आफुले गरेको सवै कुरा ठिक अरुले गरेको गलत, कम्पयुनिष्टको झण्डा सत्रुको बलमा बुझाएर गरिव मजदुर किसानको भविष्यलाई अध्यारो बनाउने काम गरेको आरोप नेकपा एसका केन्द्रीय सदस्य बलदेव चौधरीले लगाए । जनताले दिएको दुई तिहाईको एकीकृत पार्टीलाई ध्वस्त पार्ने काम केपी ओलीले गरे उनी क्रान्तिकारी अनि कम्युनिष्ट पार्टीको झण्डा शत्रुको बलमा बुझाएर खोसेर ठडाउने माधव नेपाल, झलनाथ खनाल र हामी पार्टी विरोधी हुने, प्रतिगामीहरु सच्चा कम्युनिष्ट हुने कस्तो विडम्बना । केपी ओली गरिव, निमुखा र सर्वहराको पेटमा लात हानेकोले आफु दुई तिहाईको प्रधानमन्त्रीबाट पत्ता साफ भएको बताए ।









