गाईघाट । नेकपा एकीकृत समाजवादी उदयपुरले आयोजना गरेको वृहत कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एसका केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले एमसिसी कुनै पनि हालतमा स्वीकार्य नहुने बताएका छन् । 
नेपाली जनतामाथि कुनै पनि घात नगर्ने र एमसिसी कुनै पनि हालतमा पास गर्न नदिने उद्धघोष गरेका थिए । सवै तप्का, जनवर्ग र बुद्धिजिवीको राय अनुसार एमसिसी कुनै पनि हालतमा पास गर्न नदिने पक्षमा पार्टी रहेको उनले उदघोष गरेका थिए ।
एमसिसी लागू गर्न केपी ओली निरन्तर लागि परेको र एमसिसीको प्रचारक पनि उनै भएको आरोप लगाए । केप ीओली संघियताको विरुद्धमा थिए । संघियताको संख्या घटाउने कुरा कहिले संघियता अफवाह सिद्ध छ भन्ने कुरा कहिले संघियता हाम्रो पार्टीको बाटै थिएन भन्दै संघियता धरापमा पार्न अनेकन बहाना गर्ने गरेको थियो । यहि संविधानलाई समाप्त पार्न संविधानमा नभएको काम गर्दै संसदलाई दुई दुई पटक विगठनको काम गर्यो, प्रतिगमनको शुरुवात गर्यो र हामीलाई प्रतिगमन स्वीकार गर्नु पर्छ भन्दै हामीमाथि दवाव दिएको थियो ।
देशमा चुनाव नभई राजनीतिक शून्यता काम गर्ने, धार्मिक सरकारमा परिणत गर्ने सोचका साथ अगाडी बढेको र सधैका लागि आफै प्रधानमन्त्री बन्ने दाउमा केपी ओली रहेको नेता खतिवडाले आरोप लगाए । त्यही विद्रोहमा यो नयाँ पार्टी जन्मिएको छ र यसले जनताको बहुदलिय समाजवादको दिशामा अगाडी बढेको नेता खतिवडाले बताए ।
थप सम्बन्धित समाचार
एमाले दक्षिणपन्थीको भासमा डुब्दै गयो : इन्चार्ज बस्नेत
नेकपा (एस) उदयपुरको जिल्ला स्तरीय कर्यकर्ता भेला शुरु (तस्बिर सहित)









