उदयपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनताले बगाएको रगतको अवमूल्यन गरेको नेपाल कम्युनिष्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश नं. १ का इन्चार्ज घनेन्द्र बस्नेतले आरोप लगाएका छन् । नेकपा एकीकृत समाजवादी उदयपुरको जिल्ला स्तरीय कार्याकर्ता भेलालाई सम्बोधनको क्रममा यस्तो बताएका हुन् ।दुर्भाग्य भन्नु पर्छ नेपाली कम्युनिष्टको मुल प्रवाहबाट दक्षिणपन्थीको भासमा डुब्दै गएपछि नेपाली जनताले प्राप्त गरेको उपलब्धि सिध्याउने काम केपी ओली गरेको आरोप लगाए । पार्टीलाई एकपछि अर्को भ्रष्ट बनाउँदै लग्यो अन्ततः नेपाली जनताले दिएको विश्वास माथि घात गरेर प्रतिगमन शुरुवात गरेको आरोप लगाए । हजारौं सहिदले प्राप्त गरेको उपलब्धि दक्षिणपन्थीको इसारामा संविधानलाई कुल्चने प्रयत्न गरेर देशलाई अनिर्णयको बन्दी बनाएको आरोप लगाए । केपीले देशलाई अनिर्णयको बन्दी बनाएपछि बाध्य भएर नयाँ पार्टी दर्ता गर्नु परेको बताए ।

उनले प्रधानमन्त्री शेरबहादुर देउवाका प्रतिनिधि कानून न्याय तथा संसदीय व्यवस्था मन्त्री ज्ञानेन्द्र बहादुर कार्की र केपी ओलीको भेटलाई फेरी पनि आकाशमा कालो बादल मन्डराउन थालेको आरोप लगाए । हाम्रो देशको राजनीति भित्र विदेशी दारा नाङग्राहरु पसिरहेका छन् र मुलुकको राष्ट्रियता कमजोर बनिरहेको कहि कत्तै एमसिसी पास गराएर नेपाल विदेशीहरुको फुटबल मैदान हुने त होइन आशंका व्यक्त गरेका छन् । यसको मुल कारण केपी ओली गुट हो र दक्षिणपन्थीले नेकपा एमालेको अबसरवादीलाई कब्जा लिएपछि देश संकटमा फसेको बताए ।पार्टी माधव नेपालले होइन केपी ओलीले पहिले नै फुटाई सकेका थिए । केपी ओलीले फागुन २८ गते नै पार्टी फुटाई सकेकाले हामीलाई कहिले पार्टीबाट बाहिर जान्छ भन्दै कारबाहीको नाटक मन्चन गर्ने गरेको आरोप लगाए । उनले माधव नेपाल निकट मानिएका १० नेताहरुलाई इंगित गर्दै प्रतिगमनको मतियार बन्न गएको आरोप लगाए । उनले गलत कु विचार र प्रवृतिको विरुद्धमा करेक्सन गर्न सकिदैन भने अस्तित्व सकिने बताए । अन्याय र अत्याचारको विरुद्धमा विद्रोह गर्न सकिएन भने कम्युनिष्ट सदाका लागि यस देशबाट अस्तित्व सक्ने बताए ।

थप सम्बन्धित समाचार

नेकपा (एस) उदयपुरको जिल्ला स्तरीय कर्यकर्ता भेला शुरु (तस्बिर सहित)

तपाईको प्रतिक्रिया