गाईघाट । उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईको सरुवा भएको छ । फागुन २० गते ईलामबाट उदयपुर सरुवा भई आएका सेडाईको ६ महिना मै सरुवा भएको हो । संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको नेतृत्व समेत गरेका प्रधानमन्त्री सेरबहादुर देउवाले मन्त्री स्तरीय निर्णय गरी मंगलबार सेडाई सहित ८५ जना उच्च अधिकृतको सरुवा गरेको छ । सामान्यतया सिडियो र प्रहरी प्रमुखको एक बर्षमा सरुवा हुने भए पनि सिडियो सेडाईको छ महिना नपुगी सरुवा भएको हो । प्रधानमन्त्री देउवाले उदयपुरका प्रमुख जिल्ला अधिकारी सेडाईलाई गृह मन्त्रालयबाट राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग काठमाडौमा सरुवा भएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

लामो समय राजस्व समूहमा रहेका सेडाई सहसचिवमा बढुवा भएपछि गृह मन्त्रालयमा पदस्थापन भएका थिए । आर्थिक बर्ष २०७२÷७३ सालमा कार्यक्षमताको आधारमा बढुवा भएका सेढाईले २०७३ साल चैत महिनादेखि सहसचिव भए पनि महिला आयोगको सचिवको जिम्मेवारीमा रहे । महिला आयोगमा करिब दुई बर्ष बसेपछि २०७५ बैशााख २५ गते महिला आयोगबाट रक्षा मन्त्रालयमा सरुवा भयो । रक्षा मन्त्रालयमा १० महिना बसे पछि सेडाई २०७५ फागुनमा रक्षा मन्त्रालयबाट अर्थ मन्त्रालयमा सरुवा भए । अर्थ मन्त्रालय अन्तरगतको भन्सार विभाग केही महिना पछि गृह मन्त्रालयमा सरुवा भयो । गृह मन्त्रालयले २०७६ माघमा इलाम जिल्लामा प्रमुख जिल्ला अधिकारीको रुपमा खटाएपछि कोरोनाको पहिलो भेरियन्टमा ईलाम जिल्लामा नै बसे । ईलामबाट २०७७ फागुन २० गते उदयपुर आएका सेडाई छ महिना नपुग्दै गृह मन्त्रालयबाट समेत फाकिएका छ । उमेर हदको कारण केही महिना मात्र जागिर अवधि रहेका सेडाई उदयपुरमा भने विवादमुक्त हुन सकेनन ।

पछिल्लो समय त्रियुगा उद्योग बाणिज्य संघको विवादमा समेत आफै प्रत्यक्ष संलग्न भए । उनले साउन १ गते एकपक्षिय रुपमा त्रियुगा उद्योग बाणिज्य संघका प्रथम उपाध्य रमेश रसाईलीको पक्षमा निर्णय गर्दा उनी विवादमा फसेका हुन । विवाद निरुपण गर्ने भूमिकामा रहेका प्रमुख जिल्ला अधिकारी सेडाई आफै अग्रसर भएर एक पक्षलाई काखी च्यापेपछि उद्योग बाणिज्य संघको विवाद उच्च अदालत विराटनगरमा विचाराधिन छ । संस्था दर्ता ऐन २०३४ अनुसार संस्था दर्ता, नविकरण गर्ने संस्थाको नियमन गर्ने कानुनत जिम्मेवारी पाएको जिल्ला प्रशासन कार्यालयले उद्योग बाणिज्य संघको विवाद आफ्नो क्षेत्राधिकार भित्र नपर्ने उच्च अदालतमा जवाफ फर्काएका छन । उद्योग बाणिज्य संघको विवादमा आर्थिक प्रलोभनमा परेर रमेश रसाईली समूहलाई काँध हालेको बजार हल्ला भए पनि बजार हल्लायथार्थ हो या होईन सेडाई उदयपुर छाडेपछि खुल्ने नै छ ।

 

तपाईको प्रतिक्रिया