उदयपुर । उददयपुरमा नेकपा एमालेको समानान्तरक कमिटीका अध्यक्ष इश्वरमणि राउतलाई कारबाही गर्दै राममणि पोखरेललाई अध्यक्षमा मनोनित गरेको छ । बुधबार पत्रकार सम्मलेन गर्दै नेकपा एस उदयपुरमा २६ वर्ष अघि पार्टी सचिव चलाएका तथा पुराना बामपन्थी नेता पोखरललाई अध्यक्षको जिम्मेबारी दिइएको केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख जगनाथ खतिवडाले जानकारी दिए ।
खतिवडाले ओलीले संसद बिघटन गरेपछि असहमति जनाउने पार्टी नेता कार्यकर्ताहरुको भेलाले ०७७ चैत २२ गते गठन गरेको समानान्तर कमिटीलाई नेकपा (एस)को जिल्ला कमिटीमा रुपान्तरण गरिएको बताउँदै आउँदो असोज ३ गते बृहत जिल्ला भेला गरेर थप निर्णय गरिने बताए ।

‘हामीले नेकपा (एमाले) को तत्कालीन समानान्तर कमिटीलाई नै एकीकृत समाजबादीको जिल्ला कमिटीमा परिणत गरेका छौं’ पत्रकार सम्मेलनमा खतिवडाले पार्टी निर्णय सार्वजनिक गर्दै भने ‘ओलीको प्रतिगामी कदमलाई स्वीकार्दै त्यहीँ बसेपछि जिल्ला कमिटी अध्यक्ष इश्वरमणि राउतलाईे हटाएर उहाँको ठाउँमा राममणि पोखरेललाई पदस्थापन गर्ने निर्णय भएको छ ।’ खतिवडाका अनुसार १ सय ७५ सदस्यीय समानान्तर कमिटीका अध्यक्ष राउतबाहेक सबैलाई यथावत राखिएको छ ।

जिल्ला कमिटी सचिवमा जयराम पञ्जियार थारुलाई पदस्थापन गरिएको र अन्य पदाधिकारी सबै समानान्तर कमिटीकालाई यथावत राखिएको खतिवडाले बताए । नेकपा (एस) विश्वमा सब भन्दा कान्छो कम्युनिष्ट पार्टी भएको नाताले ५–१० वर्षपछि देश र जनताको भरोसाको केन्द्र बन्ने गरी जिम्मेबारी काँधमा बोकेर हिड्ने सुनौलो अवसर मिलेको उनको दावी छ ।

नेकपा (एस)को मार्गदर्शशक सिद्धान्त माक्र्सबाद, लेनिनबाद नै भएको बताउँदै उनले एमालेले मुख्य कार्यक्रमको रुपमा अंगिकार गर्दै आएको ‘जनताको बहुदलीय जनबाद’लाई परिमार्जन गर्ने जनाए । नेकपा (एस)ले ‘जनताको वहुदलीय जनबाद’मध्ये ‘जनताको बहुदलीय’ शब्दलाई यथावत राख्ने र, ‘जनबाद’लाई समयानुकुल परिमार्जन गर्दै समाजबादतर्फ उन्मुख हुने उनले बताए । ‘जनबाद’ शब्दलाईे परिस्थिति अनुकुल परिमार्जन गर्दै समग्र देश र जनताको हित अनुकुल समाजबाद उन्मुख दिशामा अघि बढ्ने नीति लिइने उनले बताए ।

उदयपुरको कम्युनिस्ट पार्टीको संस्थापकसमेत रहेका पोखरेल साहित्यकाररूपमा समेत परिचित हुनुहुन्छ । पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार जनताको बहुदलिय जनवादका आधारभुत विचारहरूको नेतृत्व गर्ने, कम्युनिष्ट आन्दोलनको लोकतान्त्रिकीकरण गर्ने तथा मुलुकलाई समृद्धको दिशामा डोहोर्याउने सच्चा कान्तिकारी विचारको प्रतिनीधित्व नेकपा एकिकृत समाजवादीले गरेको छ ।
यस्तै संगठन विस्तार सँगै पार्टीको कार्यालय पनि राखिएको छ । गाईघाट स्थित मेनचोकमा पार्टीको सम्पर्क कार्यालयको नेकपा एसका प्रचार विभाग प्रमुख खतिवडा र केन्द्रीय बलदेव चौधरीले उद्घाटन गरेका थिए ।

नेकपा एकीकृत समाजवादी उदयपुर जिल्ला कमिटी जिल्लाको सम्पुर्ण कार्यकर्ताहरू दक्षिणपन्थी, विसर्जनवाद, प्रतिगमनकारी विचार र चरित्र, संगठानात्मक अराजकता, स्वेच्छारिताका विरूद्धमा उभिएर असल कम्युनिष्ट पार्टी निर्माण गर्न पुर्याउनु भएको योगदानको उच्च सम्माण गर्दछ र एकिकृत समाजवादीमा समाहित हुन हार्दिक आव्हान समेत गरेको छ । भेलाले असोज ३ गते आम भेला समेत आयोजना गर्ने निर्णय समेत भएको केन्द्रीय सदस्य चौधरीले बताए । कार्यक्रममा एसका केन्द्रीय प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडा, केन्द्रीय सदस्य बलदेव चौधरी तथा त्रियुगा नगरपालिका मेयर बलदेव चौधरी, प्रदेश सदस्य राजकुमार राई, सांसद सुनिताकुमारी चौधरी र निर्वाचन कार्यालयबाट नेकपा एस रोजेर सनाखत गरेका जनप्रतिनिधि, युवा, विद्यार्थी र महिलाको उल्लेख्य उपस्थिति रहेको थियो ।

पत्रकार सम्मेलनमा नवगठिट पार्टीको उदयपुर जिल्ला कमिटीको अध्यक्षमा राममणि पोखरेललाई र सचिवमा जयराम पञ्जियारलाई चयन गरेको जानकारी दिइयो । तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीले गएको पुस ५ गते पहिलो पटक संसद बिघटन गरेपछि गठित समानान्तर जिल्ला कमिटीलाई नै एकीकृत समाजबादीको जिल्ला कमिटीमा रुपान्तरण गरिएको खतिवडाले बताए ।

तपाईको प्रतिक्रिया