उदयपुर । उदयपुरमा दुई पालिका प्रमुख सहित २८ जना निर्वाचित जनप्रतिनिधिले नेकपा एमाले परित्याग गरि नेकपा एकिकृत समाजवादी पार्टी (नेकपा एस) मा सनाखत गरेका छन् । मंगलबार अन्तिम दिनसम्म दुई पालिका प्रमुख, पाँच वडाध्यक्ष, २० जना वडा सदस्य र एक जना जिल्ला समन्वय समिति सदस्यले नेकपा एसमा सनाखत गरेका छन् ।
नेकपा एसमा सनाखत गर्नेहरुमा त्रियुगा नगरपालिका मेयर तथा केन्द्रीय सदस्य बलदेव चौधरी र उदयपुरगढी गाउँपालिका अध्यक्ष मानबहादुर केप्छाकी मगर रहेका छन् ।

यस्तै वडाध्यक्षहरुमा त्रियुगा नगरपालिका ३ का वडाध्यक्ष अवधेश प्रसाद चौधरी, वडा नं. १३ का वडाध्यक्ष पशुपति चौधरी रहेका छन् । उदयपुरगढी गाउँपालिका ७ का वडाध्यक्ष कर्णमाया मगर, कटारी नगरपालिका ९ का वडाध्यक्ष बेग बहादुर आले मगर र लिम्चुङबुङ गाउँपालिका ५ का वडाध्यक्ष केशर कुमार खड्काले नेकपा एसमा सनाखत गरेका छन् ।यस्तै जिल्ला समन्वय समिति सदस्य तथा कटारी नगरपालिका ४ का वडा सदस्य चिरबिर दनुवार पनि नेकपा एमाले परित्याग गरि नेकपा एसमा सनाखत गरेका छन् ।

यस्तै वडा सदस्यहरुमा त्रियुगा नगरपालिका २ का वडा सदस्य श्याम नारायण चौधरी, वडा नं. ३ का वडा सदस्य भगवानन्द दास चौधरी, वडा नं. ६ का वडा सदस्य जयराम पंजियार, वडा नं. ९ का वडा सदस्य खिल बहादुर कार्की, वडा नं. ११ का वडा सदस्य शकुन्तला विश्वकर्मा र वडा नं. १२ का वडा सदस्य प्रथम लाल चौधरीले नेकपा एसमा सनाखत गरेका छन् ।
यस्तै उदयपुरगढी गाउँपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता थमान विश्वकर्मा, वडा नं. २ का वडा सदस्य सोममाया गजमेर, वडा नं. ४ का वडा सदस्य यमबहादुर मगर पनि नेकपा एसमा सनाखत गरेका छन् । अर्का उदयपुरगढी गाउँपालिका वडा नं. ५ का वडा सदस्यद्वय पेशल कुमार राई र अम्बरबहादुर लायो मगर र वडा नं. ७ का वडा सदस्य धमला विक पनि नेकपा एस रोजेका छन् ।यस्तै कटारी नगरपालिका वडा नं. ९ का वडाध्यक्ष सहित पाँचै जना नेकपा एसमा सनाखत गरेका छन् । सनाखत गर्नेमा वडाध्यक्ष बेग बहादुर आले मगर, वडा सदस्यहरु प्रेम बहादुर थापा मगर, दिपक थापा, गीता कुमारी सार्की र निर्मला खप्तरी मगर रहेका छन् ।

नेकपा एमाले छोडेर नेकपा एसमा सनाखत गर्नेमा कटारी नगरपालिका वडा नं. ३ का वडा सदस्य गोपाल सापकोटा र वडा नं. ४ का वडा सदस्य हृदय विक्रम तामाङले पनि रहेका छन् ।

यस्तै चौदण्डीगढी नगरपालिका ९ का वडा सदस्य विल कुमारी चौधरी र लिम्चुङबुङ ३ का वडा सदस्य गुरुमणि कुमाइँले पनि नेकपा एमाले परित्याग गरि नेकपा एसमा सनाखत गरेको छ ।
यस्तै नेकपा एसमा सनाखत गर्न आउन ठिक परेकाहरुलाई नेकपा एमाले जनप्रतिनिधिहरुले रोक लगाएका छन् । कटारी नगरपालिका वडा नं. ३ का वडा सदस्य विरु कायस्त र वडा नं. ४ का वडा सदस्य निर्मला विकलाई सनाखत गर्न आईरहेको अवस्थामा नगरपालिकाको जिपले फिल्मी शैलीमा बाटो छेकी उत्तारेको नेकपा एसमा सनाखत गरेका वडा सदस्य हृदय विक्रम तामाङको आरोप रहेको छ । उनका अनुसार वडा सदस्यहरुलाई कटारी नगरपालिकाका उपमेयर भिमकुमारी राउतको सवारी साधनले फिल्मी शैलीमा बाटो छेकी उत्तारेर आफ्नो क्याविनमा लगेर चुकुल लगाएर राखेको वडा सदस्य तामाङले बताए ।

तपाईको प्रतिक्रिया