उदयपुर । उदयपुर जिल्लाको सदरमुकाम गाईघाटमा आज शनिबार विद्युत सेवा बन्द हुने भएको छ । आज बिहान ८ बजे देखि साझ ७ बजे सम्म गाईघाटमा विद्युत सेवा बन्द हुने नेपाल विद्युत प्राधिकरण उदयपुर वितरण केन्द्र, गाईघाटले जनाएको छ ।
प्राधिकरणले शुक्रबार एक सूचना निकाल्दै उदयपुर वितरण केन्द्र अन्तर्गत जलजले सव स्टेशनमा सिटी, ब्रेकर जडान तथा मर्मत संभार कार्य गर्नु पर्ने भएकोले जलजले सव-स्टेशनबाट सप्लाई हुने ११ के.भि. तथा एल.टी. लाईन अवरोध हुने हुदा जलजले सव-स्टेशनबाट वितरण हुने विद्युत सेवा पूर्ण रुपमा बन्द हुने जनाएको छ ।

तपाईको प्रतिक्रिया