उदयपुर
पछिल्लो गत २४ घण्टामा नेपालमा २ हजार १० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १०८ पीसीआर परीक्षणमा बुधबार थप २ हजार १० जनामा संक्रमण पुष्टि भएको हो ।

यस्तै एन्टिजेन विधिद्वारा गरिएको ४ हजार ९१६ परीक्षणबाट ८९५ जनामा पोजिटिभ देखिएको छ । २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट गरिएको १३ हजार २४ परीक्षणमा २ हजार ९०५ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ भने यसैगरी नेपालमा कोरोना संक्रमणबाट थप १८ जनाको मृत्यु भएको छ भने १ हजार ६०६ जना संक्रमणमुक्त भएका छन् ।

तपाईको प्रतिक्रिया