कटारी । उदयपुरको कटारी नगरपालिका ८ नं. वडा कार्यालयमा स्थानीय युवाहरुको समूहले ७ बुद्धे माग सहित ताला बन्दी गरेको छ । सोमबार एक प्रेस बिज्ञप्ती जारि गरि गर्दै वडा कार्यालय तालाबन्दी गरेको हो । वडाअध्यक्ष कमल श्रेष्ठ समक्ष चार दिने अल्टीमेटम सहित ज्ञापन पत्र बुझाएकोमा आफ्नो मागहरु सम्बोधन नभएका भन्दै वडा कार्यलयमा तालाबन्दी गरेको स्थानीय युवा नविन तामाङले बताए ।
२०७४ साल देखि हालसम्म विकास पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्यमा छुटयाइएको बजेट सार्वजनिक गर्न माग गर्दै तालाबन्दी गरेको छ । स्वास्थ्य कार्यालय भवन निमार्णका निम्ती केन्द्र सरकारबाट छुटिएको बजेट किन र कसरी अन्यत्र पठाइयो कारण खुलाउनु पर्ने माग राखेको छ ।
यस्तै दलित, आदिवासी जनजातिका निम्ती आएको बजेट विवरण सार्बजनिक गर्न माग गरेको छ । वडामा रहेको दुई वटा सिमेन्ट खानीले वातावरण प्रदुषण गरेवापत प्रभावित जनताका लागि दिइएको अनुदान रकम के कसरी खर्च भएको भन्दै माग राखेर तालाबन्दी गरेको छ ।

वडा कार्यालयबाट सेवा सुबिधा लिनका लागि आफ्नै पार्टीको व्यक्ती हुनु पर्ने कारण खुलाउनु पर्ने कारण के हो ? पनि विज्ञप्तीमा उल्लेख छ । आफुहरुको माग पुरा नभएसम्म वडा कार्यालयको ताला नखोल्ने स्थानीय युवा नविन तामाङले बताएका छन् ।

वडा कार्यालय तालाबन्दी भएपछि वडा कार्यालयबाट दिँदै आएको घटना दर्ता, नागरिकता सिफारिस लगायतका सेवा सुविधा अवरोध हुँदा वडाबासी मारमा परेको वडाध्यक्ष श्रेष्ठले बताए ।

गत वर्ष पनि कटारी नगरपालिका २ र १० नं. वडा कार्यालयमा स्थानीयहरुले तालाबन्दी गरेका थिए ।

तपाईको प्रतिक्रिया