उदयपुर । उदयपुरमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । चौदण्डीगढी नगरपालिका ७ बेल्टार स्थित मदन चोक बस्ने ६५ वर्षिय गुमशेर राई शनिबार करिव १२ बजेको समयमा द्दवार खोला तर्ने क्रममा अचानक खोलाले बगाउँदा मृत्यु भएको छ ।

खोलाले बगाएर बेपत्ता पारेका राईको करिव २ सय मिटर तल लाश फेला परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेदप्रसाद गौतमले जानकारी दिए । लाशको कानूनी प्रक्रिया पुरा गरी पोष्टमार्टमको लागि बेल्टार स्वास्थ्य चौकीमा पठाएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया