उदयपुर । उदयपुरमा जंगली हात्तिको आक्रमणमा परि बुधबार राति एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका २ स्थित रामनगरका स्थानीय ४० वर्षिय कमल यादवको घटना स्थलमै मृत्यु भएको छ ।
गाउँ बस्तीमा प्रवेश गरेका जंगली हात्ति धपाउने क्रममा हात्तिको आक्रमणबाट यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए ।
जंगली हात्तिलाई धपाउन चागलपुर प्रहरी चौकी र स्थानीयको सहयोगमा धपाउन सफल भएको प्रहरीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









