उदयपुर । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनको प्रतिगामी कदम विरुद्ध उदयपुर गाईघाटमा राँके जुलुस प्रदर्शन भएको छ । चार दलका युवा भातृ संगठनहरु युवा संघ नेपाल-उदयपुर, नेपाल तरुण दल, उदयपुर,योङ्ग कम्युनिष्ट नेपाल,उदयपुर र समाजवादी युवा संघ,उदयपुरले संयुक्त रुपमा सदरमुकाम गाईघाटमा आज बुधबार साँझ राके जुलुस निकालेका हुन ।
गाईघाट विपि चौक बाट निकालिएको राके जुलुस बजार परिक्रम भएर समापन भएको थियो । राँके जुलुसमा प्रहरीले हस्तक्षेप समेत गरेको छ । कोरोना माहामारीको बिच सामाजिक दुरी र सुरक्षाको उपायहरु सहित युवाहरुले विभिन्न नारा सहित असंवैधानिक कदमको बिरोध गरेको नेपाल तरुण दल उदयपुरका उपाध्यक्ष गौरी नारायण चौधरीले बताए ।
विपि चोकमा भएको राके जुलुसमा युवा संघ नेपाल उदयपुरका अध्यक्ष ओम श्रेष्ठले ओलीको प्रतिगमनका विरुद्ध युवाहरु सडकमा आएको बताउनुभयो । वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लोकतन्त्र र गणतन्त्र विरोधी भएको र हामी युवाहरु यसरी सडकमा आउनु बाध्य भएको योङ्ग कम्युनिष्ट नेपाल -उदयपुर(YCL) का अध्यक्ष ज्ञानेन्द्र मगरले आरोप लगाउनुभयो ।
संसद विघटन गरेर मुलुकलाई अस्थिरता तर्फ लैजान खोजेकाले युवाहरु सडक आन्दोलनमा आउनुपरेको समाजवादी युवा संघका अध्यक्ष भिम कुमार राईको भनाई थियो ।
प्रतिगमनका विरुद्ध आगमी दिनमा अझै शसक्त आन्दोलन आउने उदघोष गर्दै नेपाल तरुण दल उदयपुरका उपाध्यक्ष गौरी नारायण चौधरीले सम्पूर्ण सहभागी युवाहरलाई धन्यवाद दिदै परिवर्तन युवा बाटै सम्भव छ र हामी निरन्तर लागनुको विकल्प नरहेको बताउनु भयो । जुलुसमा नेपाली कांग्रेस,नेकपाका प्रचण्ड-माधव नेपाल समुह र जसपाका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरु पनि सहभागि थिए ।









