उदयपुर । उदयपुरमा राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ । संसद विघटन प्रतिगमन भाग २ को विरोध गर्दै नेकपा माओवादी केन्द्र उदयपुरको वाईसेल युवा संगठनले विरोध गर्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओलीको निर्देशन मान्दै देशलाई खाल्डोमा हाल्न कु गरेको भन्दै यसको चर्को विरोध गरेको हो ।
खड्ग ओली मुर्दावाद, विद्या भण्डारी मुर्दावाद, प्रतिगमन मुर्दाबाद लगायत नारासहित वाईसेलले राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको पुत्ला दहन गरेको हो । कोरोना माहामारीको बिच सामाजिक दुरी र सुरक्षाको उपायहरु सहित थोरै संख्यामा ओली र विद्याको मनपरीलाई चर्को विरोधका साथ नाराजुलुस सहित पुत्ला समेत दहन गरेको हो ।
वाईसेल नेपाल उदयपुरका संयोजक ज्ञानेन्द्र मगरले यो पहिलो चरणको कार्यक्रम रहेको बताए । कोरोना माहामारीकै बिच पनि स्वास्थ्य तथा सुरक्षाको मापदण्ड सहित संसद विघटनको चर्को विरोधमा उत्रिने संयोजक मगरले बताए ।
यस्तै कटारीमा पनि राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको वाइसेल संयोजक मगरले जानकारी दिए ।









