उदयपुर । उदयपुरमा शनिबार २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय उदयपुरको तथ्याङ्क अनुसार १५ महिला र ३ पुरुष गरी १८ जनामा कोरोना संक्रमण देखिएको हो ।

आज सवैभन्दा बढी चौदण्डीगढी नगरपालिकामा १२ जना र बेलका नगरपालिकामा ५ जनामा कोरोना पुष्टी भएको छ ।

अहिलेसम्म त्रियुगा नगरपालिकाका ७३ महिला र ११८ पुरुष गरी १९१ जना, कटारी नगरपालिकाका १४ महिला र २१ पुरुष गरी ३५ जना, बेलका नगरपालिकाका ३८ महिला र २९ पुरुष गरी ६७ जना, चौदण्डीगढी नगरपालिकाका २५ महिला र ३० पुरुष गरी ५५ जना, रौतामाई गाउँपालिकाका ३ महिला र ११ पुरुष गरी १४ जना, उदयपुरगढी गाउँपालिकाका ३ महिला र ४ पुरुष गरी ७ जना र लिम्चुङबुङका ४ महिला र ५ पुरुष गरी ९ जनामा कोरोना संक्रमित भएका छन् ।

उदयपुरमा मृत्यु हुनेको संख्या ७ रहेको छ । भने निको हुनेको संख्या १४ रहेको छ ।

तपाईको प्रतिक्रिया