उदयपुर । उदयपुरको कटारी १ कलिखोलामा आँखा तथा कानको एक दिने निःशुल्क परीक्षण शिविर सम्पन्न भएको छ ।समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत न्यु समाजसेवी विकास क्लब बेलसोत,इलाका प्रहरी कार्यालय कटारी, नेपाल नेत्र ज्योती संघ सगरमाथा,तथा चौधरी आँखा अस्पताल लहानको संयुक्त आयोजनामा शिविर सम्पन्न भएको हो ।
आज कालीखोला माविमा एक कार्यक्रमका विच सुरु गरिएको शिविरका प्रमु्ख अतिथि अन्ठानब्बे बर्षिय जेष्ठ नागरिक जय बहादुर कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने उहाँकै आखाँ जाच गरेर शिविर सुरु गरिएको थियो ।
शिविरमा कानको ५५ जना र आँखाको १ सय ८१ गरी जम्मा २ सय ३६ जना स्थानियले आँखा तथा कान परीक्षण गराएका थिए । जसमा १८ जनाको मोतीविन्दुको शल्यक्रिया गराउनुपर्ने देखिएको थियो । उनीहरुलाई निःशुल्क शल्यक्रिया गर्ने व्यवस्था मिलाइएको क्लबका अध्यक्ष लीलेन्द्र राईले बताए ।
गाऊ गाऊ पुगेर क्लब संग समन्यव गरी गरिएको शिविरमा प्रहरी समेतको सहभगितामा कार्यक्रम भएको ईलाका प्रहरी कार्यलय कटारीका प्रमुख डिसपी हेमन्त भण्डारी क्षेत्रीले बताए ।
बजार क्षेत्रमा भन्दा गाऊमा गरिने शिविरले जनता लाभांन्वित हुने हुदा आयोजकलाई उदयपुर उधोग वाणिज्य संघ कटारीका अध्यक्ष पुष्कर खड्काले धन्यबाद दिएका थिए।

शिविरमा उदयपुर उधोग बाणिज्य संघ कटारी, कसमस सिमेन्ट,सिद्धिचरण मल्टिप्रपोज,मारुती सिमेन्ट,जयश्री मल्टिप्रपोज लगाएतको सहयोग रहेको थियो । शिविरमा आएका सेवाग्राहिहरु पनि गाँउमै आँखा तथा कान जाँच गराउन पाएकोमा हर्षित भएका थिए।

तपाईको प्रतिक्रिया