उदयपुर । उदयपुरमा लागूऔषध सहित विहिबार एक युवक पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ पुरानो गाईघाटका २४ वर्षिय विनोद चौधरी लागूऔषध सहित पक्राउ परेको छ ।
पक्राउ परेको युवकको साथबाट नोर्फिन १९ एम्पुल, डाईजेपाम १९ एम्पुल, लुपिजेसिक १९ एम्पुल गरी जम्मा ५७ एम्पुल, सिरिन्च ३ थान, चुरोटको प्याकेट १ थान सहित नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिए । पक्राउ परेका बारे थप अनुसन्धान थालेको प्रहरीले जानकारी दिए ।









