उदयपुर । उदयपुरको कटारी नगरपालिका ८ मर्जेतपुर स्थित सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा विहिबार राति शक्तिशाली बम विस्फोट भएको छ । अज्ञात समूहले सौर्य सिमेन्ट उद्योगको चुनढुंगा खानीमा ४ वटा शक्तिशाली बम विस्फोट गराएको छ ।
बम विस्फोटले उछिटिएको ढुंगा लागेर ४ जना खानीमा काम गर्ने कामदार सामान्य घाइते भएका छन । घाइतेहरुको पूर्ण विवरण आईपुगेको छैेन् । यस्तै बम विस्फोटले एउटा स्काईभेटरमा क्षति पुगेको प्रहरी स्रोतले जानकारी दिएका छन् । स्थानीयलाई उध्रित गर्दै ४ वटा बम विस्फोटको आवाज आएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख एसपी भिमबहादुर दाहालका अुनुसार ४ वटा बम विस्फोट भएको सूचना प्राप्त भएको जनाएको छ । इलाका प्रहरी कार्यालय कटारीका टोली घटनास्थल तर्फ गएको जनाएको छ ।
बम विस्फोट कस्ले गराएको भन्ने अहिले कसैले जिम्मा लिएको छैन् । यस अघि पनि सौर्य सिमेन्टको ट्यांकर र स्काभेटरमा अज्ञात समूहले आगजानी गरेको थियो ।
बम विस्फोटको घटना बारे थप विवरण आउन बाँकी रहेको छ । यस्तै मंसिर ६ गते राति ताप्ली गाउँपालिका कार्यालय भवनमा पनि अज्ञात समूहले एउटा बम विस्फोट गराएको थियो भने एउटा विस्फोट नेपाली सेनाले डिस्पोज गराएका थिए ।









