उदयपुर । उदयपुरको कटारी नगरपालिका ५ सोक्लामा मोहन गिरीको घरमा खाना पकाउने ग्यास लिक हुँदा शुक्रबार आगलागी भएको छ । बेरा टिनको छाना भएको एक तल्लो घरमा खाना पकाउने क्रममा ग्यास लिक भई आगो लागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घर, घरमा भएका अन्नपात, लत्ता कपडा, भाडा वर्तन, नगद २० हजार समेत गरी ५ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।
आगो निभाउने क्रममा मोहन गिरीको श्रीमती ३६ वर्षिय चन्द्र कुमारी गिरीको हात र खुट्टामा आगोले पोली सामान्य घाईते भई कटारी अस्पताल कटारीमा उपचार भईरहेको छ ।
आगो ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएका नेपाल प्रहरी, बारुण यन्त्र र स्थानीय बासीको सहयोगमा एक घण्टा पछि नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया