उदयपुर । उदयपुरमा लागूऔषध गाँजा सहित ५ जना पक्राउ परेको छ । अबैध लागु औषध नियन्त्रण गर्ने अभियान अन्तर्गत चौदण्डीगढी नगरपालिका १० देबधारमा अवैध गाँजा विक्री वितरण भईरहेको सूचनाका आधारमा १ केजी ३ सय ६५ ग्राम गाँजा सहित ५ जना पक्राउ परेको हो ।
पक्राउ पर्नेमा चौदण्डीगढी नगरपालिका १० बस्नेका ७२ वर्षिय वृद्धा सबुरलाल चौधरी, सोही पालिका वडा नं. ९ बस्ने २७ वर्षिय सुरेन्द्र दनुवार, सोही वडा बस्ने १९ वर्षिय बिबेक राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी तथा सूचना अधिकारी बेद प्रसाद गौतमले जानकारी दिए । यस्तै चौदण्डीगढी नगरपालिका वडा नं. ६ बस्ने ३० वर्षिय रमेश थापा र सोही वडा बस्ने २८ वर्षिय जिबन खड्का पनि अवैध गाँजा सहित पक्राउ परेको डिएसपी गौतमले जानकारी दिए ।
अबैध गाँजा कारोबार गर्ने ५ जानलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय बेल्टार उदयपुर ल्याई आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।









